इस्लामावाद - पाकिस्तानको पञ्जाब प्रान्तमा सञ्चालित एक सक्रिय पीडोफाइल र चाइल्ड पोर्नोग्राफी सञ्जालको सम्बन्धमा प्रहरीले कम्तीमा चार जनालाई गिरफ्तार गरेको छ।
अभियुक्त २०१८ देखि एक बालकसँग यौन क्रियाकलापमा संलग्न भएको एक अनुसन्धानले देखाएको छ। उनीहरुले आफ्नो फोनमा पनि बालकलाई यौन दुव्र्यवहार गरेको भिडियो पनि रेकर्ड गरेको पाइएको छ।
एक पुलिस अधिकारीले चारजनालाई नियन्त्रणमा लिएको र उनीहरुको साथबाट कयौं मोबाइल फोनहरु बरामद गरेको जानकारी दिएका छन्। उनका अनुसार बरामद गरिएका सबै मोबाइलमा एकै किसिमका अश्लिल र दुव्र्यवहार गरिएका सामग्री तथा अश्लील भिडियोहरु भेटिएका छन्।
प्रहरीका अनुसार स्थानीय बालबालिकालाई दुव्र्यहार गरिका करिब ४६ वटा भिडियोहरु रेकर्ड गरिएको पाइएको बताएका छन्। त्यसैगरी ६४६ जीबीको हार्ड डिस्कमा समेत चाइल प्रोनोग्राफी भिडियोहरु रहेको पाइएको छ।
उक्त सञ्चालन एक म्यारिज ब्युरोबाट सञ्चालन गरिएको अनुसन्धानका क्रममा फेला परेको प्रहरीले जनाएको छ। प्रहरीले उनीहरुबाट दर्जनौं भिडियो फाइल बरामद गरेको छ। प्रहरी अझै पनि वास्तविक पीडितसम्म पुग्न नसकेको र चरम बाल दुर्व्यवहारका शिकारहरुको पहिचान गर्न नसकेको पाकिस्तानी सञ्चारमाध्यम सामा टीभीले जनाएको छ।
पाकिस्तानमा बाल यौन दुर्व्यवहार, अपहरण र बालविवाहलगायतका अपराधहरु बढ्दै गएका छन्। एक तथ्यांक अनुसार सन् २०२० मा दुई हजार ९६० बालबालिकामाथिको दुव्र्यहारका घटना दर्ता भएका थियो यो संख्या सन् २०१९ को तुलनामा चार प्रतिशतले बढी हो। जसमा ५१ प्रतिशत बालिका र ४९ प्रतिशत बालक दुव्र्यवहारको सिकार भएको बताइएको छ।
उक्त तथ्यांकमा दुव्र्यवहार परेका बालबालिकामध्ष्े ९८५ माथि यौन दुर्व्यवहार, ७८७ माथि बलात्कार, ८९ माथि पोर्नोग्राफी र यौन दुव्र्यवहारपछि ८० जनाको हत्या गरेको पाइएको छ। अपहरण, बेपत्ता र बालविवाहमा क्रमश ८३४, ३४५ र ११९ बालबालिका परेका छन्।
पाकिस्तान सरकारले बालबालिकामाथि हुने यस्ता अपराध रोक्नका लागि ठोस पहल चाल्न नसकेको अधिकारीहरुले बताएका छन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।