काठमाडौं - सरकारले दल विभाजनसम्बन्धी अध्यादेश फिर्ता लिने निर्णय गरेको छ ।
केही समयअघि सम्पन्न मन्त्रिपरिषद् बैठकले अध्यादेश फिर्ता लिन राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिस गर्ने निर्णय गरेको हो ।
सरकारले अध्यादेश फिर्ता लिएसँगै बुधबारसम्ममा क्याबिनेट विस्तार हुने बताइएको छ ।
नेकपा (एकीकृत समाजवादी) ले मन्त्रीको नाम लिष्ट प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाइसकेको स्रोतले बताएको छ ।
एमाले र जसपा विभाजन भएपछि सरकारले दलसम्बन्धी अध्यादेश फिर्ता लिने निर्णय गरेको हो । अध्यादेश जारी भएपछि एमालेले संसदमा अवरोध गर्दै आएको थियो ।
केन्द्रीय समिति र संसदीय दल मध्ये कुनै एकमा २० प्रतिशतमा पुगे दल विभाजन हुनसक्ने प्रावधानसहितको अध्यादेश ल्याइएको थियो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।