काठमाडौं – पर्सि असोज १३ गते बुधवार महिलालाई सार्वजनिक बिदा दिइएको छ ।
२ नम्बर प्रदेश सरकारले मधेशका महिलाको ठूलो पर्व जितियाको अवसर पारेर महिलालाई सार्वजनिक बिदा दिएको छ ।
मुख्यमन्त्री लालबाबु राउतले आज सोमवार जितिया पर्वको शुभकामना दिँदै असोज १३ गते महिलालाई सार्वजनिक बिदा दिने निर्णय भएको बताए ।
सन्तानप्रति आमाको स्नेह झल्काउने जितिया पर्वले प्रदेशभर नै आस्था र प्रेम कायम गरोस् भनी मुख्यमन्त्री राउतले शुभकामना दिएका छन् ।
जितिया पर्व सोमवारदेखि सुरू भएको छ । मंगलवार बिहानीपख आँगनमा घिरौलाको पातमा दही र केरा चढाएपछि व्रत सुरू हुने गरेको छ । व्रत सुरू भएपछि महिलाहरू निराहार रहने गरेका छन् ।
भोलि मंगलवार बिहानदेखि सुरू हुने उपवास पर्सि बुधवार साँझ ५ः१५ बजेसम्म कायम रहने जनाइएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।