आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

देउवालाई किन घुर्की देखाउँदैछन् उपेन्द्र यादव ?

देउवालाई किन घुर्की देखाउँदैछन् उपेन्द्र यादव ?

  • मिडिया डबली
  • आइतवार, आश्विन १० २०७८

  • 4.7K
    SHARES

  • देउवालाई किन घुर्की देखाउँदैछन् उपेन्द्र यादव ?

    काठमाडौं - साढे दुई महिना बितिसक्दा पनि मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकेकोमा प्रधानमन्त्री शेरबहादुर देउवा निकै आलोचित बनेका छन् । गठबन्धन दलका कारण मन्त्रिपरिषद्ले पूर्णता पाउन नसकिरहेको कांग्रेस नेताहरूको भनाइ छ । 

    तर गठबन्धनमा आबछ जसपा अध्यक्ष उपेन्द्र यादव भने विभिन्न आरोप लगाउँदै सरकारमा सामेल नहुने धम्की दिइरहेका छन् ।

    त्यसैकारण शुक्रबार बालुवाटारमा बसेको गठबन्धनको बैठकमा उनी उपस्थित भएनन् । जसपाले चार मन्त्री र एक राज्यमन्त्री पाउने सहमति भइसकेको छ । तर, जसपामा मन्त्रीका आकांक्षी सबै देखिएका छन् ।

    त्यसैले मन्त्री हुन नपाउनेले आफ्नो साथ छाडेर अर्को गुट बनाउने भयले पनि उपेन्द्र सरकारमा जान डराइरहेका छन् तर बाहिर भने प्रधानमन्त्री शेरबहादुर देउवाले राम्रा मन्त्रालय आफूले राखेको भन्दै प्रचार गरिएको छ । जबकि कांग्रेसले अहिले गृह, कानुन र परराष्ट्र मन्त्रालय लिएको छ ।

    विकासे मन्त्रालय सबै बाँकी छन् तर पनि उपेन्द्र किन गठबन्धनबाट बाहिरिन खोजिरहेका छन् भन्ने चासो सर्वत्र उत्पन्न भएको छ ।
    केही दिनयता उपेन्द्र यादव सार्वजनिक कार्यक्रममा देखिनसमेत छाडेका छन् ।

    जसपाका अर्का अध्यक्ष डा.बाबुराम भट्टराई पक्षसँग यादवको शीतयुद्ध चलेको छ । त्यही कारण बाबुराम पनि पहिले जस्तो बाहिर देखिन र बोल्न छाडेका छन् । उपेन्द्र र बाबुरामबीचको शक्ति संघर्षकै कारण मन्त्रिपरिषद्ले पूर्णता पाउन नसकेको अनुमान गरिएको छ ।

    बाबुराम पक्ष उपेन्द्रलाई सरकारमा जानबाट रोक्न खोजिरहेको छ । तर, उपेन्द्र सरकारमा आफैंले नेतृत्व गर्ने सोचमा छन् । यसकारण पनि जसपामा द्वन्द्व देखिएको र त्यसको असर गठबन्धन सरकारमा परेको छ । त्यसैले उपेन्द्रले बाबुरामको रिस देउवामाथि पोखेको नेताहरूले बताउन थालेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, आषाढ २१ २०७७०६:५१:४५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend