काठमाडौं – छिमेकी देश भारतमा महिलाको निधन हुँदा नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारी स्तब्ध बनेकी छन् ।
सामाजिक सञ्जाल ट्विटरमा लेख्दै राष्ट्रपति भण्डारीले प्रसिद्ध भारतीय महिला अधिकार अभियन्ता, कवि एवं लेखक कमला भसिनको निधनको खबरबाट स्तब्ध बनाएको जनाएकी छन् ।
दक्षिण एसियामा महिलाविरुद्ध हुने विभेद र हिंसाविरुद्ध चेतना र जागरणका लागि उनको योगदान चीरस्मरणीय रहने भण्डारीले बताइन् ।
भण्डारीले ट्विटरमा लेखेकी छन्, ‘प्रसिद्ध भारतीय महिला अधिकार अभियन्ता’ कवि एवं लेखक मेरो मित्र कमला भसिनको निधनको खबरबाट स्तब्ध भएको छु । विशेषगरी दक्षिण एसियामा महिलाविरुद्ध हुने विभेद र हिंसाविरुद्ध चेतना र जागरणका लागि उहाँको योगदान चीरस्मरणीय रहने छ । स्व. भसिनप्रति भावपूर्ण श्रद्धाञ्जलि, परिवारजनमा समवेदना !’
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।