सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

लिथुएनियाको रक्षा मन्त्रालयले लगायो चिनियाँ मोबाइलमाथि प्रतिबन्ध

लिथुएनियाको रक्षा मन्त्रालयले लगायो चिनियाँ मोबाइलमाथि प्रतिबन्ध

  • मिडिया डबली
  • शुक्रवार, आश्विन ८ २०७८

  • 3.1K
    SHARES

  • लिथुएनियाको रक्षा मन्त्रालयले लगायो चिनियाँ मोबाइलमाथि प्रतिबन्ध

    एजेन्सी - लिथुएनियाको रक्षा मन्त्रालयले उपभोक्ताहरूले तिनको चिनियाँ फोन “फाल्नु पर्ने र नयाँ किन्न नहुने” बताएको छ।

    त्यहाँको इन्टरनेट सुरक्षा सम्बन्धी निकाय न्याशनल साइबर सेक्युरिटि सेन्टरले चिनियाँ उत्पादकहरूका फाइभजी मोबाइल फोनहरूको परीक्षण गरेको थियो।

    अनुसन्धानकर्ताहरूले अध्ययन गरेका एउटा शिआओमी फोनमा पहिले नै सेन्सर गर्ने औजारहरू जडान रहेको र अर्को हुआवेई मोडेलको फोनमा सजिलै साइबर आक्रमण हुन सक्ने फेला पारेका थिए।

    हुआवेईले प्रयोगकर्ताहरूको तथ्याङ्क र जानकारी फोनबाट बाहिर पठाउने नगरिएको जनाएको छ।

    लिथुएनियाका रक्षा उपमन्त्री मार्गिरिस अबुकेभिसिअसले भने, “नयाँ चिनियाँ फोन नकिन्न र आफूसँग भएको फोन पनि सकेसम्म छिटो त्याग गरिहाल्नु पर्छ भन्ने हाम्रो सुझाव छ।”

    सेन्सरशिप
    लिथुएनियामा गरिएको अध्ययनको प्रतिवेदनका अनुसार शिआओमीको सर्वाधिक चर्चित मी टेनटि फाइभजी फोनमा यस्तो सफ्टवेअरहरू रहेको पाइयो जस्ले तिब्बती स्वतन्त्रता सम्बन्धी नारा “फ्रि टिबेट”, ताइवानको स्वतन्त्रता सम्बन्धी “लङ लिभ ताइवान इन्डिपेन्डेन्स” वा प्रजातान्त्रिक आन्दोलन जनाउने “डिमोक्रेसी मुभमेन्ट” जस्ता शब्दहरूलाई पत्ता लगाउने र सेन्सर गर्ने क्षमता राख्दछन्।

    उक्त फोनमा रहेका प्रणालीगत एप र ब्राउजरले ४४९ भन्दाबढी शब्दावलीहरू सेन्सर गर्न सक्ने पनि प्रतिवेदनमा उल्लेख गरिएको छ।

    उक्त प्रतिवेदनको विवरणबारे टिप्पणीका लागि गरिएको बीबीसीको प्रयासमा शिआओमीले प्रतिक्रिया जनाइसकेको छैन।

    शिआओमीका फोनहरूले फोन प्रयोग सम्बन्धी डेटा सिंगापुरस्थित सर्भरमा पठाउने गरेको पनि अध्ययनका क्रममा पत्ता लागेको जनाइएको छ।

    हुआवेइको पीफोर्टी फाइभजी फोनमा रहेको खराबीको बारेमा पनि उक्त अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको छ। उक्त कमजोरीका कारण प्रयोगकर्ताको फोनमा साइबर हमला हुनसक्ने जोखिम रहन्छ।

    नियम
    हुआवेइका एकजना प्रवक्ताले बीबीसीसँग कुरा गर्दै आफू जुन देशमा सञ्चालनमा रहेको हो त्यो देशको नियम कानुन कम्पनीले पालना गर्ने गरेको र साइबर सुरक्षा र गोपनीयताको विषयलाई प्राथमिकतामा राख्ने गरेको बताएका छन्।

    उनले भने , “प्रयोगकर्ताहरूको डेटा तिनीहरूको फोनभन्दा बाहिर कतै कहिल्यै पनि प्रशोधन गर्ने गरिँदैन।”

    वानप्लसको एउटा फाइभजी मोडलको फोन पनि उक्त अनुसन्धानकर्ताहरूको टोलीले परीक्षण गरेको थियो तर त्यसमा कुनै समस्या फेला नपरेको तिनीहरूले बताएका छन्।

    यो पछिल्लो विवरण लिथुएनिया र चीनबीच तनावमा बृद्धि भैरहेको समयमा आएको छ।

    गत महिना चीनले लिथुएनियाको राजधानी भिल्नियसबाट आफ्नो राजदूत फिर्ता बोलाउने भन्दै उस्ले पनि बेइजिङबाट आफ्नो राजदूत फिर्ता लग्नु पर्ने माग गरेको थियो।

    ताइवानले लिथुएनियास्थित आफ्नो दूतावासलाई ताइवानी प्रतिनिधिको कार्यालय भनेर नामकरण गर्ने घोषणा गरेपछि उक्त पछिल्लो विवाद सिर्जना भएको थियो।

    युरोप र अमेरिकामा रहेका ताइवानी दूतावासहरूले विवाद नहोस् भनेर देशको सट्टा राजधानी ताइपेइको नामको प्रयोग गर्ने गर्दछन्। चीनले ताइवानलाई आफ्नो भूभाग मान्ने गर्दछ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, आश्विन ८ २०७८०६:११:३६

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend