शनिवार, कार्तिक १ २०८३Oct 17 2026

Logo
images images

केपी ओली राजमा यी भाग्यमानी दम्पती : श्रीमतीको जागिर गयो, श्रीमानको मन्त्री पद धरापमा

केपी ओली राजमा यी भाग्यमानी दम्पती : श्रीमतीको जागिर गयो, श्रीमानको मन्त्री पद धरापमा

  • मिडिया डबली
  • शुक्रवार, आश्विन ८ २०७८

  • 5.7K
    SHARES

  • केपी ओली राजमा यी भाग्यमानी दम्पती : श्रीमतीको जागिर गयो, श्रीमानको मन्त्री पद धरापमा

    काठमाडौं - अजयक्रान्ति शाक्य र अञ्जना शाक्य केपी ओली प्रधानमन्त्री हुँदा राज्यबाट धेरै अवसर लिने जोडीमा पर्छन् ।

    अजयक्रान्ति एमाले बागमती प्रदेशका सांसद हुन् । उनी केही समयअघि मन्त्रीमा नियुक्त भए । सांसद बन्नुअघि पनि अजय ओली किचेन क्याबिनेटका मान्छे हुन् । उनकै पत्नी हुन् अञ्जान शाक्य । 

    अञ्जान शाक्य एमाले अध्यक्ष ओलीका नातेदार हुन् । पत्नी राधिका शाक्यको आफन्त भएकाले अञ्जानको बालुवाटार र बालकोटमा हैकम नै चल्थ्यो । त्यही भएर ओलीले अञ्जानलाई महत्वपूर्ण नियुक्ति दिँदै आएका थिए । 

    अघिल्लो ओली सरकारले इजरायलका लागि नेपालका राजदूत निरञ्जनकुमार थापालाई फिर्ता  बोलाउँदै उक्त स्थानमा अञ्जान शाक्यलाई राजदूतमा नियुक्त गरेको थियो । व्यवस्थापन विषयमा विद्यावारिधि गरेकी शाक्यलाई ओलीले परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानमा निमित्त कार्यकारी निर्देशकमा नियुक्त गरेका थिए । उनी अन्तर्राष्ट्रिय सरोकार केन्द्रको अध्यक्षसमेत भइसकेकी छन् ।

    इजरायलको राजदूत रहेकी शाक्यको पद वर्तमान देउवा सरकारले खोसिदिएको छ । पछिल्लो मन्त्रिपरिषद् बैठकले ११ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेसँगै ओलीकी साली नाता पर्ने अञ्जानको जागिर गएको हो ।

    अब उनका पति अजयक्रान्तिको मन्त्री पद केही दिनभित्रै गुम्दै छ । एमालेबाट बागमती प्रदेशको मुख्यमन्त्री बनेकी अष्टलक्ष्मी शाक्यले अजयक्रान्तिलाई मन्त्री नियुक्त गरेकी थिइन् । चाँडै नेपाली कांग्रेस वा एकीकृत समाजवादीको नेतृत्वमा बागमती प्रदेशमा सरकार गठन गर्ने तयारी भइरहेकाले अजयक्रान्तिको मन्त्री पद पनि चट हुने भएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend