काठमाडौं – नेकपा एमालेबाट विभाजन भएर बनेको नेकपा एकीकृत समाजवादीमा पदाधिकारी सम्बन्धी शीर्ष नेताले बनाएको प्रस्तावमा उथलपुथल भएको छ ।
पार्टी केन्द्रीय कमिटी बैठकमा पदाधिकारीका आकांक्षी धेरै भएपछि ७ नेतालाई उपाध्यक्षको जिम्मेवारी दिएको छ ।
नयाँ बानेश्वरमा पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बसेको बैठकले नेताहरुको कार्यविभाजन गरेको नवनियुक्त सचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले प्रेस विज्ञप्तिमार्फत जनाएका छन् ।
पार्टी केन्द्रीय कमिटीमा ७ उपाध्यक्ष, ३ उपमहासचिव र ४ सचिव राखिएका छन् । पार्टीमा पदाधिकारी बन्ने आकांक्षी धेरै भएपछि अध्यक्ष नेपालले पदाधिकारी टीम जम्बो बनाएका छन् ।
पार्टीको वरिष्ठ नेता झलनाथ खनाल रहेका छन् भने महासचिवमा डा. बेदुराम भुसाल चयन गरिएका छ ।
प्रेस विज्ञप्ति
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष क.माधवकुमार नेपालको अध्यक्षतामा बसेको प्रथम केन्द्रीय कमिटीको बैठक आज सम्पन्न भयो । २०७८ असोज ५ गतेदेखि आज ७ गतेसम्म काठमाडौंको नयाँ बानेश्वरमा आयोजित उक्त बैठकले निम्नानुसारका निर्णयहरु गरेको छ ।
१. कार्यविभाजन
क. पदाधिकारी
अध्यक्ष– क.माधवकुमार नेपाल
वरिष्ठ नेता– क.झलनाथ खनाल
नेता– क. मुकुन्द न्यौपाने
उपाध्यक्ष– क. राजेन्द्र पाण्डे
उपाध्यक्ष– क.प्रमेश हमाल
उपाध्यक्ष– क.घनेन्द्र बस्नेत
उपाध्यक्ष– क.केदार न्यौपाने
उपाध्यक्ष– क.केशवलाल श्रेष्ठ
उपाध्यक्ष– क.धर्मनाथप्रसाद साह
उपाध्यक्ष– क. जयन्ती राई
महासचिव– क. डा.बेदुराम भुषाल
उपमहासचिव– क. प्रकाश ज्वाला
उपमहासचिव– क. डा.गंगालाल तुलाधर
उपमहासचिव– क.डा.विजय पौडेल
सचिव– क. नागेन्द्रप्रसाद चौधरी
सचिव– क. जगन्नाथ खतिवडा
सचिव– क. राजेन्द्रकुमार राई
सचिव– क. रामकुमारी झाँक्री
ख.स्थायी कमिटी
३५ सदस्यीय स्थायी कमिटी गठन गरिएको छ ।
ग.पोलिट्व्युरो
७१ सदस्यीय पोलिट्व्युरो गठन गरिएको छ।
घ. केन्द्रीय कमिटी सदस्य (पूर्ण र वैकल्पिक गरी) जम्मा ३०१ सदस्यीय गठन गरिएको छ ।
ङ. सम्पूर्ण प्रदेश तथा जिल्लामा इञ्चार्जहरुको जिम्मेवारी प्रदान गरिएको छ ।
च. केन्द्रीय कमिटीबाहेकका सबै कमिटीमा दुई उपाध्यक्षको व्यवस्था गरिएको छ ।
छ. महिला तथा युवा सहभागिताका सन्दर्भमा पार्टीका सम्पूर्ण तहका कमिटीमा एक तिहाई पुर्याउने कुरालाई उच्च प्राथमिकता दिने ।
२. आजको बैठकबाट ‘तात्कालिक कार्ययोजना– २०७८’ पारित गरिएको छ । त्यसअन्तर्गत निम्न कार्य गरिने छ ।
– नेपाली कम्युनिष्ट आन्दोलनमा हावी भएको दक्षिणपन्थी अवसरवाद र विसर्जनवादी प्रवृत्तिको भण्डाफोर गर्ने
– पार्टीका नीति, सिद्धान्त र कार्यक्रमहरुको प्रचार प्रसार गर्ने । कम्युनिष्ट आन्दोलनका राम्रा र उपलब्धीमूलक विधि र परम्पराहरुको पुनर्जागरण गर्ने ।
– तीन महिनाभित्र देशका सबै स्थानीय तहका वडामा कमिटी गठन गर्ने लक्ष्य राखिएको छ । साथै, विभिन्न तहका कमिटीहरुको गठन, पुनर्गठन, विस्तार, रुपान्तरण, सदस्यता वितरण तथा भेला, बैठक एवं छलफलहरुको आयोजना गरिने छ ।
३. केन्द्रीय परिषद् गठन गर्ने निर्णय गरिएको छ ।
उक्त केन्द्रीय परिषद्मा प्रत्येक प्रादेशिक निर्वाचन क्षेत्रबाट कम्तिमा एकजना, केन्द्रीय आयोग, विभाग, जनसंगठनको समेत आवश्यक प्रतिनिधित्व हुने गरी जम्मा ७०१ सदस्यीय हुनेछ ।
४. आयोग, विभागहरु तथा सल्लाहकार
क. पार्टीमा अनुशासन, निर्वाचन र लेखा गरी तीन आयोग रहने छन् । ती आयोगहरु बढीमा ३५ सदस्यीय गठन गरिने छ ।
ख. पार्टीमा गठन हुने विभिन्न विषयगत विभागहरु बढीमा २५ सदस्यीय हुने छन् ।
ग. केन्द्रीय सल्लाहकार कमिटी १५१ सदस्यीय गठन गरिनेछ ।
घ. ज्येष्ठ कम्युनिष्ट मञ्च १५१ सदस्यीय गठन गरिने छ ।
५. बैठकले समसामयिक प्रस्तावहरु पारित गरेको छ ।
हार्दिक अभिवादनसहित
(जगन्नाथ खतिवडा)
सचिव, केन्द्रीय कमिटी तथा प्रमुख,
प्रचार विभाग
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।