काठमाडौं – अध्यक्ष माधवकुमार नेपाल नेतृत्वको नवगठित नेकपा एकीकृत समाजवादी (एस) पार्टीको महासचिव डा. बेदुराम भुसाललाई बनाउने सहमति जुटेको छ ।
पार्टी स्थायी कमिटी बैठकमा भुसाललाई महासचिव बनाउने सहमति जुटेको एस पार्टीका एक नेताले जानकारी दिए ।
ती नेताले भने, ‘केन्द्रीय कमिटी बैठकमा सचिवालयले जुटाएको सहमति प्रस्ताव पेश हुन्छ, महासचिव घोषणा हुन्छ ।’
महासचिव बन्ने दौडमा भुसालसँगै मुकुन्द न्यौपाने, राजेन्द्र पाण्डे, गंगालाल तुलाधार, प्रकाश ज्वाला, विजय पौडेल रहेका थिए ।
मंगलवारदेखि सुरू भएको एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आज महासचिव, पोलिटब्यूरोबारे निर्णय गर्दै सकिने जनाइएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।