आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

यी ६ जनामध्ये को बन्ला एकीकृत समाजवादीको महासचिव ? आजै अन्तिम निर्णय

यी ६ जनामध्ये को बन्ला एकीकृत समाजवादीको महासचिव ? आजै अन्तिम निर्णय

  • मिडिया डबली
  • बिहिवार, आश्विन ७ २०७८

  • 4.4K
    SHARES

  • यी ६ जनामध्ये को बन्ला एकीकृत समाजवादीको महासचिव ? आजै अन्तिम निर्णय

    काठमाडौं – नेकपा एमाले विभाजित भई बनेको नेकपा एकीकृत समाजवादीको महासचिव पदका लागि ६ जना नेता दौडमा रहेका छन् ।

    आज बिहीबार बस्ने पार्टीको बैठकले महासचिव, स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटीका सदस्यको टुंगो लगाउने भएको छ ।

    बिहीबार बिहान ११ बजे केन्द्रीय कमिटी बैठक बस्दैछ । अध्यक्ष माधवकुमार नेपाल निकट नेता डा. बेदुराम भुसाल महासचिव बन्ने सम्भावना रहेको स्रोतले जनाएको छ ।

    महासचिव बन्ने दौडमा भुसालसहित मुकुन्द न्यौपाने, राजेन्द्र पाण्डे, गंगालाल तुलाधर, प्रकाश ज्वाला, डा. विजय पौडेल लगायत रहेका छन् । जसमध्ये भुसाल, पाण्डे र पौडेलको दाबी बलियो रहेको स्रोतले जनाएको छ ।

    नवगठित पार्टीको संरचनालाई पूर्णता दिन गत मंगलवारदेखि केन्द्रीय कमिटी बैठक जारी छ । केन्द्रीय कमिटीको संख्या अनुसार पोलिटब्युरो र स्थायी कमिटी सदस्यहरू समेत टुंगो लगाइने भएको छ । केन्द्रीय कमिटीको एकतिहाइ पोलिटब्युरो र पोलिटब्युरोको एकतिहाइ स्थायी कमिटी सदस्य बन्ने भएका छन् ।

    हाल स्थायी कमिटीमा अध्यक्ष माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनालसहित मुकुन्द न्यौपाने, डा. बेदुराम भुसाल र प्रमेश हमाल रहेका छन् ।

    एकीकृत समाजवादीले यसअघि प्रदेश इन्चार्जहरू समेत तोकिसकेको छ । १ नम्बर प्रदेशमा घनेन्द्र बस्नेत, २ नम्बर प्रदेशमा धर्मनाथ साह, बागमती प्रदेशमा केदार न्यौपाने, गण्डकी प्रदेशमा केशवलाल श्रेष्ठ, लुम्बिनी प्रदेशमा भागवत विश्वासी र कर्णाली प्रदेशमा प्रकाश ज्वाला इन्चार्ज बनेका छन् । पार्टीले सुदूरपश्चिम इन्चार्जको टुंगो लगाउन सकेको छैन ।

    पार्टीको उपत्यका विशेष प्रदेश इन्चार्ज विश्वनाथ प्याकुरेल, सम्पर्क विशेष प्रदेश इन्चार्ज विजय गुरुङ र मोर्चा इन्चार्ज डा. विजय पौडेल रहेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, कार्तिक २१ २०७७०७:२२:३८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend