आइतवार, आश्विन ३१ २०७८Oct 17 2021

Logo
images
images
images

उपेन्द्र यादवले देउवा सरकारमा जान राखे यस्तो शर्त !

उपेन्द्र यादवले देउवा सरकारमा जान राखे यस्तो शर्त !

  • मिडिया डबली
  • बिहिवार, आश्विन ७ २०७८

  • 1.5K
    SHARES

  • उपेन्द्र यादवले देउवा सरकारमा जान राखे यस्तो शर्त !

    काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालले राजनीतिक दल विभाजन सहज हुने गरी सरकारले ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेश निष्क्रिय नभएसम्म सरकारमा सहभागी नहुने अडान राखेको छ ।

    जसपा संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादवले अध्यादेश निष्क्रिय भएपछि मात्रै सरकारमा सहभागिता जनाउने शर्त राखेका छन् ।

    images

    प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारका लागि गठबन्धन दलसँग मन्त्री बन्नेहरुको नामावली मागिरहेका बेला जसपाले राजनीतिक दलसम्बन्धी अध्यादेश निष्क्रिय हुनुपर्ने शर्त प्रधानमन्त्रीसहित ५ दलीय गठबन्धनभित्र राखेको जसपा स्रोतले जनाएको छ ।

    ‘हामी अहिलेकै अवस्थामा सरकारमा सहभागी हुँदैनौं । सरकारले ल्याएको राजनीतिक दलसम्बन्धीको अध्यादेश पहिला निष्क्रिय हुनुपर्‍यो, त्यसपछि सरकारमा सहभागी हुन्छौं,’ जसपा स्रोतले भन्यो, ‘यस विषयमा हामीले प्रधानमन्त्रीसहित ५ दलीय गठबन्धनभित्र स्पष्ट रुपमा भनिसकेका छौं ।’

    जसपा अध्यक्ष यादव सहितका शीर्ष नेताहरुले सार्वजनिक कार्यक्रममा समेत अध्यादेश फिर्ता हुनुपर्ने अभिव्यक्ति दिँदै आएका छन् । आजको राजधानी दैनिकमा समाचार प्रकाशित छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, आषाढ २१ २०७७०५:५१:४५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४
    • प्रधान सम्पादक

    • कृष्ण प्रसाद पहाडी
    • सम्पादक

    • शोभाकान्त सापकोटा
    • साइट

    • बिनोद भट्टराई
    • क्यामरा पर्सन

    • सुनिल क्षेत्री
    • संवाददाताहरु

    • निर्मला पौडेल
    • अमृत चापागाई
    • अर्जुन पहाडी
    • खिमबहादुर गौतम
    • आकृति थापा क्षेत्री

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend Technology