आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

माधव नेपालको पार्टी एकीकृत समाजवादीले गर्‍यो यस्ता निर्णय

माधव नेपालको पार्टी एकीकृत समाजवादीले गर्‍यो यस्ता निर्णय

  • मिडिया डबली
  • बुधवार, आश्विन ६ २०७८

  • 3.9K
    SHARES

  • माधव नेपालको पार्टी एकीकृत समाजवादीले गर्‍यो यस्ता निर्णय

    काठमाडौं – अध्यक्ष माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठकले अध्यक्ष नेपालद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन पारित गर्ने निर्णय गरेको छ ।

    आज बुधवार बसेको बैठकले प्रतिवेदन पारित गरेको पार्टी प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताएका छन् ।

    हिजो मंगलवारदेखि सुरू भएको बैठकमा अध्यक्ष नेपालले १२ पृष्ठको प्रतिवेदन पेश गरेका थिए । प्रतिवेदनमाथि छलफलका लागि ५ वटा समूह बनाइएको थियो ।

    समूह छलफलको नेतृत्व समूह १ बाट रामकुमारी झाँक्री, समूह २ बाट रामचन्द्र साह, समूह ३ बाट रमा आले, समूह ४ बाट श्रीप्रसाद साह र समूह ५ बाट दिनेश राई सहभागी थिए ।

    बैठकले पार्टीको मुखपत्र ‘समाजवाद’ प्रकाशित गर्ने र चुनाव चिह्न समेत छिट्टै टुंगो लगाउने निर्णय गरेको नेता खतिवडाले जानकारी दिए । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, कार्तिक २१ २०७७०७:२२:३८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend