आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

एमसीसीविरुद्ध बोल्नेलाई कुनै कारवाही नगर्न गृह मन्त्रालयको नाममा सर्वाेच्चको आदेश

एमसीसीविरुद्ध बोल्नेलाई कुनै कारवाही नगर्न गृह मन्त्रालयको नाममा सर्वाेच्चको आदेश

  • मिडिया डबली
  • सोमवार, आश्विन ४ २०७८

  • 4.7K
    SHARES

  • एमसीसीविरुद्ध बोल्नेलाई कुनै कारवाही नगर्न गृह मन्त्रालयको नाममा सर्वाेच्चको आदेश

    काठमाडौं – सर्वोच्च अदालतले गृह मन्त्रालयको प्रेस विज्ञप्तिका आधारमा अमेरिकी सहयोगको एमसीसी सम्झौता र मित्र राष्ट्रविरुद्ध गतिविधि गर्नेलाई कारबाही नगर्न अन्तरिम आदेश जारी गरेको छ ।

    आज सोमवार न्यायाधीश मीरा खड्का र तेजबहादुर केसीको संयुक्त इजालसले गृह मन्त्रालयको प्रेस विज्ञप्तिका आधारमा कसैलाई कारबाही नगर्नू भन्दै आदेश दिएको छ ।

    गृह मन्त्रालयले भदौ १८ गतेमा प्रेस विज्ञप्ति जारी गर्दै एमसीसी र मित्र राष्ट्रको सम्बन्धविरुद्ध गतिविधि गर्नेहरुलाई कारबाहीको चेतावनी दिएको हो ।

    संविधानको धारा १७ ले प्रत्येक नेपाली नागरिकलाई विचार र अभिव्यक्तिको स्वतन्त्रता प्रदान गरेकाले एमसीसी र मित्र राष्ट्रबारे टिप्पणी गर्नेलाई कारबाही गर्न नमिल्ने सर्वोच्च अदालतको आदेशमा उल्लेख छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, पौष १५ २०७७०७:०९:१०
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend