आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

अन्तत: नेकपाले गर्याे एमसीसी अनुमोदन गर्ने निर्णय

अन्तत: नेकपाले गर्याे एमसीसी अनुमोदन गर्ने निर्णय

  • मिडिया डबली
  • शुक्रवार, भाद्र २६ २०७७

  • 6.8K
    SHARES

  • अन्तत: नेकपाले गर्याे एमसीसी अनुमोदन गर्ने निर्णय

    काठमाडौं- नेकपाले अमेरिकासँग आर्थिक सहायता लिने कार्यक्रम मिलेनियम च्यालेञ्ज कम्प्याक्ट (एमसीसी) लाई अनुमोदन गर्ने निर्णय गरेको छ।

    शुक्रबार बसेको नेकपा स्थायी समितिको बैठकले एमसीसीलाई आवश्यकताअनुसार संशोधन र परिमार्जन गरेर अनुमोदन गर्ने निर्णय गरेको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन् ।

    एमसीसीबाट सहयोग लिन गरिएको सम्झौता अनुमोदनका लागि संसदमा दर्ता गरिएको छ। तर सत्तारुढ दल नेकपाकै नेताहरुले त्यसलाई अनुमोदन गर्नै नहुने भनी बिरोध गरेका कारण सो सम्झौता संसदमै रोकिएको छ।

    यसअघि पूर्वप्रधानमन्त्री झलनाथ खनालको नेतृत्वमा गठित कार्यदलले एमसीसीमाथि अध्ययन गरी प्रतिवेदन बुझाएको थियो । उक्त प्रतिवेदनलाई  समेत ध्यान दिई के संशोधन परिमार्जन गर्ने भन्नेबारे निर्णय दिइने प्रवक्त श्रेष्ठले बताएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, जेठ ४ २०७८०६:३१:२२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend