आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

माधव नेपाल पक्षका १४ सांसदको पद रहने/नरहनेबारे आज ‘भाग्य फैसला’

माधव नेपाल पक्षका १४ सांसदको पद रहने/नरहनेबारे आज ‘भाग्य फैसला’

  • मिडिया डबली
  • सोमवार, आश्विन ४ २०७८

  • 3.0K
    SHARES

  • माधव नेपाल पक्षका १४ सांसदको पद रहने/नरहनेबारे आज ‘भाग्य फैसला’

    काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले साधारण सदस्य र सांसद पदबाट निष्कासन गरेका माधवकुमार नेपाल पक्षका १४ जनाको भाग्य फैसला आज हुँदैछ ।

    एमालेको सिफासिअनुसार १४ सांसदलाई पदमुक्त नगरी सभामुखले गैरकानूनी काम गरेको तथा तिनै व्यक्तिको सनाखतबाट नयाँ दल दर्ता भएको भन्दै सर्वाेच्च अदालतमा दायर मुद्दाको सुनुवाइ आज हुँदैछ । 

    सर्वाेच्चका न्यायाधीशहरु दीपक कार्की र कुमार चुडालको संयुक्त इजलासमा मुद्दाको सुनुवाइ हुँदैछ । एमालेले साउन २५ गतेको केन्द्रीय कमिटी बैठकको निर्णयअनुसार माधव नेपालसहित १४ सांसदलाई निष्कासन गरेको पत्र भदौ १ गते संसद सचिवालय र निर्वाचन आयोगमा पठाए पनि सभामुखले अगाडि बढाएनन् ।

    संसद सचिवालयले सूचना टाँस नगरेपछि माधव नेपालले एमालेबाट विभाजनका लागि निर्वाचन आयोगमा निवेदन दिएका थिए । आयोगले नेकपा एकीकृत समाजवादीलाई दलको मान्यता दिइसकेपछि संसद सचिवालयले नयाँ दल दर्ता भइसकेकाले कारवाही गर्नु नपर्ने सूचना टाँसेको थियो ।

    कानूनबमोजिम पार्टीले प्रक्रिया पूरा गरेर निष्कासन गरेका सांसदलाई सभामुखले पदमुक्त गरेको सूचना टाँस्नुपर्ने भन्दै एमालेले सांसदको रूपमा संसदमा प्रवेश दिएको विरोधमा सदन अवरोध गर्दै आएको छ ।

    सर्वाेच्च अदालतले ओलीको मागअनुसार अन्तरिम आदेश दिएमा नेकपा एकीकृत समाजवादी (एस) पार्टीका सांसदहरु माधवकुमार नेपाल, मुकुन्द न्यौपाने, भवानी खापुङ, कृष्णलाल महर्जन, जीवनराम श्रेष्ठ, रामकुमारी झाँक्री, विरोध खतिवडा, मेटमणि चौधरी, निरा जैरु, सरला यादव, पुष्पा कर्ण कायस्थ, कल्याणी खड्का, लक्ष्मीकुमारी चौधरी र कलिला खातुन पदमुक्त हुनेछन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, कार्तिक २१ २०७७०७:२२:३८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend