आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

अर्काकी पत्नी भगाएर तेस्रो बिहे गर्नेलाई राष्ट्रपति भण्डारीले दिइन् आममाफी, जेलबाट छुटे

अर्काकी पत्नी भगाएर तेस्रो बिहे गर्नेलाई राष्ट्रपति भण्डारीले दिइन् आममाफी, जेलबाट छुटे

  • मिडिया डबली
  • आइतवार, आश्विन ३ २०७८

  • 8.0K
    SHARES

  • अर्काकी पत्नी भगाएर तेस्रो बिहे गर्नेलाई राष्ट्रपति भण्डारीले दिइन् आममाफी, जेलबाट छुटे

    काठमाडौं – असोज ३ गते नेपालको संविधान घोषणा भएको दिन राष्ट्रपतिबाट हुने कैदीको आममाफीमा अनौठा घटना सार्वजनिक भइरहेका छन् । 

    राष्ट्रपति विद्यादेवी भण्डारीले ३ वटा विवाह गरेका वडाध्यक्षलाई आममाफी पाएर जेलबाट छुटाएको पाइएको छ । सल्यानको बनगाड कुपिण्डे नगरपालिका–९ का वडाध्यक्ष इन्द्रबहादुर कुमाई र उनकी कान्छी पत्नीले राष्ट्रपतिबाट माफी पाएका छन् ।

    बहुविवाह गरेको आरोपमा वडाध्यक्ष इन्द्रबहादुर कुमाई  २०७७ मंसिर २० गते दाङबाट पक्राउ परेर जिल्ला कारागार सल्यानमा कैद भुक्तान गरिरहेको बेला आममाफी दिइएको छ ।

    वडाध्यक्ष कुमाईले अर्काको पत्नी भगाएर तेस्रो विवाह गरेका हुन् । वडाध्यक्ष कुमाईले तेस्रो विवाह गरेकी भनिएकी महिला ग्वामी विष्टले पनि सँगै माफी पाएकी छन् ।

    बहुविवाह गरेका वडाध्यक्षका दम्पतीसहित ७ जनालाई माफी दिइएको छ । संविधान दिवसको अवसरमा असल चालचलन भएका ७ जनालाई कैद सजाय मिनाहा भएको जिल्ला कारागार सल्यानले जनाएको छ ।

    संविधानको धारा २७६ अनुसार विभिन्न कारणले कैद भुक्तान गरिरहेका कैदीहरुको चालचलनका आधारमा बाँकी कैद माफी दिने व्यवस्था छ । कैद मिनाहा हुनेमा ६ पुरुष र १ महिला रहेका जिल्ला कारागार सल्यानले जानकारी दिएको छ ।

    माफी पाउनेमा बहुविवाहका ५, कर्तव्य ज्यानका १ र हातहतियार मुद्दाका १ रहेका जेलर बलबहादुर केसीले जानकारी दिए । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, मंसिर २१ २०७७०७:०१:०४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend