काठमाडौं – पार्टीभित्र विवाद चर्किएर पदमुक्त गर्न शीर्ष नेतृत्वसम्म माग पुगेपछि भारतको पञ्जाब राज्यमा भारतीय कांग्रेसका मुख्यमन्त्री क्याप्टेन अमरिन्दर सिंहले राजीनामा दिएका छन् ।
मुख्यमन्त्री सिंहले आज शनिवार प्रदेशका राज्यपाल बीएल पुरोहितलाई राजीनामा पत्र बुझाइसकेका छन् ।
मुख्यमन्त्री सिंह र पञ्जाब कांग्रेसका अर्का नेता नवजोत सिंह सिद्दुबीच शक्ति–संघर्ष चर्किंदा पार्टीमा लामो समयदेखि विवाद रहेको थियो । विवादबीच केही समयअघि कांग्रेसले सिद्दुलाई पञ्जाब कांग्रेसको अध्यक्ष नियुक्त गरेको थियो ।
भारतीय कांग्रेसको उच्च नेतृत्वले मुख्यमन्त्री सिंहलाई राजीनामा गर्न बाध्य पारेको टिप्पणी भारतीय सञ्चारमाध्यममा आएका छन् ।
पञ्जाब कांग्रेसका ८० मध्ये ५० जना सांसदले पार्टी अध्यक्ष सोनिया गान्धीलाई पत्र लेखेर मुख्यमन्त्री सिंहलाई हटाउन माग गरेपछि सिंहले राजीनामा दिएका जनाइएको छ ।
मुख्यमन्त्री सिंहलाई संसदीय दलको नेताबाट हटाउन शनिवार साँझ बैठक बोलाइएको भएपनि सिंहले त्यसअघि नै राजीनामा दिएर मार्गप्रशस्त गरेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।