काठमाडौं – कलाकारको हकहितका क्षेत्रमा क्रियाशील संगीत रोयल्टी संकलन समाज नेपालको १२औं साधारण सभाबाट अध्यक्षमा सुरेश अधिकारी निर्वाचित भएका छन् ।
समाजको १२औं साधारण सभाले आगामी २ वर्षका लागि नयाँ नेतृत्व चयन गरेको हो ।
अध्यक्ष अधिकारीको नेतृत्वमा गठन भएको नयाँ समितिको उपाध्यक्षमा चन्द्र शर्मा, महासचिवमा बि पाण्डे र कोषाध्यक्षमा वरिष्ठ संगीतकार वसन्त सापकोटा चयन भएका छन् ।
नयाँ समितिको सदस्यहरूमा चर्चित लोकगायक शिरीष देवकोटा, सुवास रेग्मी, पीएन सापकोटा, राजेन्द्रकुमार कार्की, सुजन लम्साल, विमल अधिकारी र रमु खड्का चयन भएका छन् ।
नवगठित समितिले संगीतको क्षेत्रलाई अझै उचाइमा पुर्याउनका लागि रोयल्टी संकलनको काममा दत्तचित्त भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।