काठमाडौँ- लोकप्रिय गायिका विष्णु माझीको आवाजमा नयाँ लोक तथा दोहोरी गीत 'यथार्थको जिन्दगी...' सार्वजनिक भएको केहि दिनमा नै चर्चा बटुल्न सफल भएको छ ।
गायिका विष्णु माझिलाई आवाजमा लोकप्रिय गायक विक्रम परियारले साथ् दिएका छन् । गीतको शव्द सृजना शिव सुवेदी र संगीत लोकप्रिय सर्जक प्रसाद लामिछानेले गरेका हुन ।
गीतको संगीत संयोजन कृष्ण विक (भान्जा) को रहेको छ भने मिक्सिङ ध्वनी सम्पादन कुमार रानाले गरेका हुन् । म्यूजिक भिडिओमा मोडल आशा खड्का र कमल अर्यालको दमदार अभिनय देख्न सकिन्छ।
विनोद भण्डारीको निर्देशनमा तयार पारिएको भिडिओको छायांकन दिपक गिरिले गरेका हुन् सम्पादन अमृत चापागाइको रहेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।