काठमाडौँ- लोक तथा दोहोरी गायक नेत्र प्रसाद काफ्लेले आफ्नो जन्मदिनको अवसर पारेर लोकदोहोरी गीत 'चरि नाचेको...' बजारमा ल्याएका छन् । काफ्लेको स्वर तथा शब्द रहेको गीत शुक्रबार जन्मदिन पारेर बिहान बजारमा रिलिज गरिएको हो ।
उमंग म्यूजिक प्रा.लि. को पोष्ट प्रोडक्शन रहेको गीतमा महिला तर्फ लक्ष्मी खड्काले आवाज दिएकी छन् । गीतमा लय चर्चित लोक तथा दोहोरी गायक पुरुशोत्तम पौडेलले दिएका छन् । त्यस्तै, मारुनी रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको गीतमा कमल सौरागको एरेन्ज, कुमार रानाको रेकर्ड तथा अडियो सम्पादन रहेको छ ।
भिडिओ तर्फ बिक्रम चौहानको निर्देशन रहेको चरि नाचेको बोलको गीतमा सुरेन्द्र कुमार दहाल तथा समारिका ढकालको अभिनय रहेको छ । गीतको भिडिओ छायांकन सुरेश श्रेष्ठ तथा ड्रोन छयाङकन सन्तोस महराले गरेको उत्पादक कम्पनी उमंग फिल्मस् प्रा. लि. ले गरेको हो ।
गीतमा भिडिओ सम्पादन तथा कलर भने शिब पौडेलको रहेको र मेकप रोशन भुषालले गरेका हुन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।