आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

एमालेले बिर्सिनै सकेन माधव नेपाललाई, यसरी याद गरिँदैछ सर्वत्र !

एमालेले बिर्सिनै सकेन माधव नेपाललाई, यसरी याद गरिँदैछ सर्वत्र !

  • मिडिया डबली
  • शुक्रवार, आश्विन १ २०७८

  • 6.5K
    SHARES

  • एमालेले बिर्सिनै सकेन माधव नेपाललाई, यसरी याद गरिँदैछ सर्वत्र !

    काठमाडौं - पछिल्लो तीन दिनमा एमालेका तीन जिल्लामा कार्यकर्ता भेला भए । ती तीनै ठाउँमा एमाले अध्यक्ष केपी ओली सरिक भए । 

    झापा, बुटवल र काठमाडौंमा आयोजित एमालेका भेला र प्रशिक्षणमा नयाँ केही कुरा आएन । तीनै ठाउँमा फगत माधवकुमार नेपालको उछितो काढ्नबाहेक अरु कुनै नौलो देखिएन ।

    केपी ओली मंगलबार झापा पुगे । गृहजिल्ला पुगेर ओलीले केही नयाँ बोल्लान्, पार्टी विभाजनपछि सान्त्वना दिन नेता कार्यकर्तालाई केही निर्देशन देलान् भन्ने धेरैको अपेक्षा थियो । तर, पार्टी फुटेको रिस माधवकुमार नेपाल र प्रचण्डलाई पोख्नेबाहेक केही नयाँ कुरा आएन ।

    झापामा केन्द्रीयस्तरका नेतामा ओलीले मात्र सम्बोधन गरेका थिए । तर, बुटवलमा भने विष्णु पौडेल, टोपबहादुर रायमाझी, छविलाल विश्वकर्माले समेत बोलेका थिए । एमाले नेताहरूले माधवकुमार नेपाललाई सख्त गालीगलौज गर्ने, माओवादी नेताहरूले अध्यक्ष प्रचण्डलाई गाली गर्नेबाहेक केही नयाँ कुरा आएन ।

    बिहीबार काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा पनि त्यस्तै दृश्य देखियो । ब्यानर चाहिँ प्रशिक्षण भेलाको छ । तर बोल्ने जति सबै माधव नेपाल र प्रचण्डको उछितो काढ्ने मात्रै छन् । कतिसम्म भने अध्यक्ष केपी ओलीले समेत नयाँ केही भनेनन् ।

    अन्य जिल्लाभन्दा थोरै समय बोलेका ओलीले माधव र प्रचण्डलाई सबैभन्दा खराब चरित्रको व्यक्ति भनेर चित्रित गरेर गए । नेता कार्यकर्तालाई प्रशिक्षण भन्ने तर माधव र प्रचण्डलाई मात्र गालीगलौज गर्ने गरेको देखेपछि अहिले कार्यकर्तामा निराशा उत्पन्न भएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, कार्तिक २१ २०७७०७:२२:३८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend