काठमाडौं – अनन्त चतुर्दशीको अवसरमा प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा लाग्ने मेलाको लागि बैतडी जिल्लाको दशरथचन्द नगरपालिकाले २ दिन सार्वजनिक बिदा दिने भएको छ ।
दशरथचन्द नगरपालिका–२ स्थित देहीमाडौंमा रहेको प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा असोज ३ र ४ गते लाग्ने मेलाको लागि २ दिन सार्वजनिक बिदा दिने निर्णय गरिएको छ ।
नगर प्रमुख नरेन्द्रसिंह थापाले असोज ३ र ४ गते नगरपालिका अन्तर्गत रहेका सबै सरकारी कार्यालय, गैरसरकारी संस्थामा बिदा हुने जानकारी दिए ।
निङ्गलाशैनी भगवती मन्दिर प्रसिद्ध शक्तिपीठका रूपमा चिनिने गरेको छ । हरेक वर्ष भाद्र शुक्ल त्रयोदशीदेखि सुरू हुने जात्रा भाद्र शुक्ल पूर्णिमाका दिन समापन हुने गरेको छ । जात्रामा निङ्गलाशैनी भगवतीको भण्डार प्रदर्शन गर्ने चलन समेत रहँदै आएको छ ।
जात्रामा बलि दिने चलन नरहेको निङ्गलाशैनी भगवती मन्दिरका मुखिया मानबहादुर बोहराले जानकारी दिए । जात्रामा निङ्गलाशैनी भगवतीको दर्शन गरेमा मनोकामना पूरा हुने जनविश्वास रहेको छ ।

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।