काठमाडौं - एमाले आफ्नो फाइदाका लागि कतिसम्म गर्छ भन्ने नजिर हालैका घटनाले देखिएको छ ।
अहिले एमालेले आफ्ना १४ सांसदलाई कारबाही गरेको सूचना सभामुख अग्निप्रसाद सापकोटाले टाँस नगरेको भन्दै प्रतिनिधिसभा बैठक अवरुद्ध गरिरहेको छ । आफ्नो पार्टी विभाजन गर्न सभामुख प्रयोग भएको उसको आरोप छ ।
तर हिजो त्यही एमालेले सभामुख सापकोटा प्रयोग गरेर भीम रावलको सांसद पद जोगाएको थियो ।
रावल सुरुमा माधवकुमार नेपाल पक्ष थिए । तर कार्यबाहक अध्यक्ष पाउने लोभमा उनी केपी ओली निकट भए । त्यसपछि उनले माधव नेपालले सहमति पालना नगरेको रिसमा प्रतिनिधिसभा सदस्य पदबाटै राजीनामा दिए । एमाले नेताहरूले रोक्दा रोक्दै उनले सांसद पदबाट राजीनामा दिए ।
तर एमाले अध्यक्ष ओलीले रावलको राजीनामा स्वीकृत नगर्न सभामुख सापकोटालाई दबाब दिए । सापकोटाले तीन दिनभन्दा बढी समयसम्म उनको राजीनामा होल्डमा राखिदिए । जबकि सभामुखले चाहेको भए त्यही दिन रावलको सांसद पद चैट हुने थियो ।
रावल अहिले ओली बफादार बनेका छन् । माधव नेपाललाई एक्ल्याउन भीम रावलको सांसद पद जोगाउन सभामुख उपयोग गर्ने ओली अहिले तिनै माधव नेपालको पद किन नखाइदेको भन्दै सभामुख सापकोटाविरुद्ध लागेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।