पाकिस्तान – पाकिस्तानको अपर कोहिस्तानमा आतंकवादी हमला भएपछि अब चाइना–पाकिस्तान इकोनोमिक कोरिडोरका चिनियाँ इन्जिनीयर आतंकीहरूदेखि यति डराएका छन् कि उनीहरुले आफूसित एके–४७ लिएर काम गरिरहेका छन् ।
केही दिनअघि पाकिस्तानको अपर कोहिस्तानमा दासू बाँध परियोजनामा काम गरिरहेका चिनियाँ इन्जिनीयरहरुलाई बोकेर गइरÞहेको बसमाथि आतंकी हमलामा ९ चिनियाँ इन्जिनीयरको मृत्यु भएको थियो ।
यसपछि चिनियाँ फर्मका सबै कर्मचारीहरूलाई निलम्बित गर्दै पुनः बोलाइएको थियो ।
चीनले स्वयं यस मामिलामा जाँच गर्ने भनेको छ । यद्यपि चाइना–पाकिस्तान इकोनोमिक कोरिडोरमा काम गरिरहेका चीनका वर्कर्समा भयको माहोल हटेको छैन । कडा सुरक्षाबीच उनीहरूलाई काममा लगिँदैछ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।