शुक्रवार, आश्विन ३० २०८३Oct 16 2026

Logo
images images

सभामुख सापकोटाले १ घण्टासम्म केपी ओलीलाई हटलाइनमा फोन ‘ट्राई’ गरेपछि ...

सभामुख सापकोटाले १ घण्टासम्म केपी ओलीलाई हटलाइनमा फोन ‘ट्राई’ गरेपछि ...

  • मिडिया डबली
  • सोमवार, भाद्र २८ २०७८

  • 6.9K
    SHARES

  • सभामुख सापकोटाले १ घण्टासम्म केपी ओलीलाई हटलाइनमा फोन ‘ट्राई’ गरेपछि ...

    काठमाडौं – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसदमा गरिरहेको अवरोधबारे छलफल गर्न सोमबार बसेको सर्वदलीय बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले आफूले अध्यक्ष केपी शर्मा ओलीसँग कुरा गर्न १ घण्टासम्म फोन ‘ट्राई’ गरेको बताएका छन् ।

    सभामुख सापकोटाले पहलमा बसेको बैठकमा एमाले सहभागी नभएपछि बैठक निष्कर्षविहीन भएको छ ।

    प्रमुख प्रतिपक्ष दल एमालेको उपस्थितिका लागि दलका नेता केपी शर्मा ओलीसँग फोन सम्पर्क नै हुन नसकेको जानकारी सभामुख सापकोटाले बैठकलाई दिएका छन् । सर्वदलीय बैठक आह्वानपछि आज सोमवार बिहान १ घण्टासम्म प्रयास गर्दा पनि ओलीलाई फोन सम्पर्क हुन नसकेको सभामुख सापकोटाले जानकारी गराएका छन् ।

    ‘ओलीजीको हटलाइनमा उहाँले १ घण्टासम्म सम्पर्क गर्ने प्रयास गर्नुभएछ । स्वीच अफ भएकाले सम्पर्क हुन सकेनछ,’ राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले भनिन् । कानून, न्याय तथा संसदीय मामिलामन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङलाई सम्पर्क गर्दा उपस्थित हुन नसक्ने जानकारी दिइएको उनले बताएकी छन् ।

    प्रमुख प्रतिपक्ष दल एमालेले ३ दिनदेखि गरिरहेको संसद् अवरुद्धका विषयमा बैठक भएकाले थप छलफल गर्ने गरी नेताहरू छुट्टिएका छन् । आगामी बैठकमा एमालेलाई समेत उपस्थित गराएर निष्कर्षमा पुग्ने सल्लाह भएको सांसद पौडेलले बताइन् ।

    ‘सदनको अवरोध खुलाउनका निम्ति बैठक बसेका थियौं । यो प्रमुख प्रतिपक्ष एमालेसँग सम्बन्धित थियो । एमाले नै सहभागी नभएपछि वास्तविक निष्कर्षमा पुग्न सकिएन,’ पौडेलले भनिन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend