शुक्रवार, आश्विन ३० २०८३Oct 16 2026

Logo
images images

सभामुख सापकोटाले बोलाएको सर्वदलीय बैठकमा केपी ओली नजाने

सभामुख सापकोटाले बोलाएको सर्वदलीय बैठकमा केपी ओली नजाने

  • मिडिया डबली
  • सोमवार, भाद्र २८ २०७८

  • 5.7K
    SHARES

  • सभामुख सापकोटाले बोलाएको सर्वदलीय बैठकमा केपी ओली नजाने

    काठमाडौं - अहिले सभामुख अग्निप्रसाद सापकोटा र प्रमुख प्रतिपक्षी दल एमालेबीच शीतयुद्ध चलेको छ ।

    एमाले विभाजन गर्नमा सभामुखको भूमिका रहेको भन्दै एमालेले लगातार तेस्रो दिनको प्रतिनिधिसभा बैठक अवरुद्ध बनाएको छ । विपक्षी दल र सभामुखबीचको टकरावले संसद् नै बन्धकमा पर्ने भन्दै संसद् खुलाउन दबाब परिरहेको छ ।

    यसैक्रममा सभामुख सापकोटाले सोमबार साढे २ बजे सर्वदलीय बैठक बोलाएका छन् ।

    संघीय संसद् भवन नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बस्ने बैठकमा प्रधानमन्त्री एवं कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवा, विपक्षी दल एमाले नेता केपी ओली, माओवादी केन्द्रका दलका नेता पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एसका संसदीय दलका नेता माधवकुमार नेपाल, जसपा संसदीय दलका नेता उपेन्द्र यादव, लोसपाका नेता महन्थ ठाकुर, जनमोर्चाकी दुर्गा पौडेल, नेमकिपाका प्रेम सुवाल र राप्रपाका राजेन्द्र लिङ्देनलाई आमन्त्रण गरिएको छ ।

    सर्वदलीय छलफल संसदमा जारी गतिरोध अन्त्यलगायतका महत्वपूर्ण समसामयिक विषयमा केन्द्रीत रहने बताइएको छ ।

    तर सर्वदलीय बैठकमा एमाले अध्यक्ष ओली सहभागी नहुने बुझिएको छ । स्रोतका अनुसार ओली सभामुख सापकोटासँग कुनै छलफल नै गर्न चाहन्नन् । त्यसमाथि एमाले विभाजन गरी एकीकृत समाजवादी पार्टी गठन गरेका माधव नेपाललाई पनि सो छलफलमा आमन्त्रण गरिएकाले उनीसँग आमने–सामने हुने भन्दै ओली नजाने बालकोट स्रोतले जनाएको छ ।

    ओलीले दलका उपनेता सुवासचन्द्र नेम्वाङलाई पठाउने बुझिएको छ । आफूले कारबाही गरेका १४ सांसदको नाम सूचना पाटीमा टाँस गरे मात्र संसद् खुलाउने भन्दै एमालेले आफ्नो बटमलाइन अघि सारिसकेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend