आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

नेपालका कम्युनिस्ट पार्टीहरु विदेशी शक्तिसामु लम्पसार परे : माधव नेपाल

नेपालका कम्युनिस्ट पार्टीहरु विदेशी शक्तिसामु लम्पसार परे : माधव नेपाल

  • मिडिया डबली
  • आइतवार, भाद्र २७ २०७८

  • 5.4K
    SHARES

  • नेपालका कम्युनिस्ट पार्टीहरु विदेशी शक्तिसामु लम्पसार परे : माधव नेपाल

    काठमाडौं – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेपालका कम्युनिस्ट पार्टीहरु विदेशी शक्तिसामु लम्पसार परेका आरोप लगाएका छन् ।

    आज आईतवार काठमाडौंमा आयोजित पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले कम्युनिस्टहरू लम्पसार परेको बताए ।

    ‘नेपालका कम्युनिस्ट पार्टीहरुमा चरम गुटबन्दी, अवसरवाद र अहंकारी प्रवृत्ति देखिएकाले यसलाई चिर्न र जुध्न कम्युनिस्ट पार्टीहरुले क्रान्तिकारी सर्वहारा संस्कृतिको विकास गर्नुपर्छ,’ उनले भने, ‘नेपालका कम्युनिस्ट पार्टीहरु कम्युनिस्ट विचारधाराबाट चल्न सकेका छैनन् । कम्युनिस्ट पार्टीले सर्वहारा वर्गको हितमा साँच्चै काम गर्न अझै नसकेको हुँदा कम्युनिस्ट पार्टीले सर्वहारा संस्कृतिको विकास गर्न जरुरी छ ।’

    पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले नेपालमा कम्युनिस्ट पार्टीले नै समाजवादी क्रान्तिको लक्ष्य पूरा गर्ने र त्यसको नेतृत्व आफ्नै पार्टीले गर्ने स्पष्ट पारेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, कार्तिक २१ २०७७०७:२२:३८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend