आइतवार, कार्तिक २ २०८३Oct 18 2026

Logo
images images

दुई–दुईपटक संसद् भंग गर्ने ओलीले संसदीय सर्वोच्चता कायम गर भनेको नसुहाउने 

दुई–दुईपटक संसद् भंग गर्ने ओलीले संसदीय सर्वोच्चता कायम गर भनेको नसुहाउने 

  • मिडिया डबली
  • आइतवार, भाद्र २७ २०७८

  • 8.1K
    SHARES

  • दुई–दुईपटक संसद् भंग गर्ने ओलीले संसदीय सर्वोच्चता कायम गर भनेको नसुहाउने 

    काठमाडौं - एमाले विभाजन गर्न सभामुख अग्निप्रसाद सापकोटाको प्रमुख भूमिका रहेको एमालेको ठहरछ । आफूले कारबाही गरेका माधवकुमार नेपालसहित १४ सांसदको नाम सूचना पाटीमा टाँस गरेको भए एमाले विभाजन नहुने नेताहरूको भनाइ छ ।

    त्यही भएर अहिले प्रतिनिधिसभा बैठकमा एमाले सांसदको निसानामा सभामुख सापकोटा छन् । एमाले अध्यक्ष केपी ओलीले त सापकोटा सभामुख बन्नलायक नभएको टिप्पणीसमेत गरिसकेका छन् ।

    एमाले अध्यक्ष ओली तिनै हुन्, जसले प्रतिनिधिसभा दुईदुईपटक विभाजन गरेका थिए । अहिले उनकै सांसदरूलाई संसदीय सर्वोच्चता चाहिएको छ । कांग्रेस, माओवादी केन्द्र, जसपाले आन्दोलन नगरेको भए संसद् पुनस्र्थापना हुने थिएन ।

    तर अहिले आफैंले भंग गरेको प्रतिनिधिसभा बैठकमा एमाले नेताहरूले लाजै नमानी सभामुखसमक्ष संसदीय सर्वोच्चता कायम गर भन्दै नाराबाजी गरिरहेको विषयलाई धेरैले मन पराएका छैनन् ।

    अझ एमाले सांसदहरूले सभामुखको टाउको नै फुटाउने हाकाहाकी बोलेका छन् । यसले एमाले अब हिंस्रक बाटोमा अघि बढेको विश्लेषण गर्न थालिएको छ ।

    एमाले सांसदको नाराबाजीका कारण आइतबारको प्रतिनिधिसभा बैठक पनि अवरुद्ध बन्यो । बिहीबारदेखि सुरु भएको संसद् बैठक लगातार तेस्रो दिन पनि अवरुद्ध बन्यो ।

    एमाले प्रमुख प्रतिपक्षी भएका बेला पहिले पनि लगातार ५२ दिनसम्म संसद् बैठक अवरुद्ध गरेको तथ्यांक छ । यसपटक भर्खर तीन दिन मात्र भएको छ । एमाले अध्यक्ष ओलीले आइतबार संसदीय दलको बैठकमा संसद् बैठक निरन्तर अवरुद्ध गर्ने घोषणा गरिसकेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend