आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

आफूलाई सभापति देउवाभन्दा ठूलो सोच्न थाले उपसभापति निधि !

आफूलाई सभापति देउवाभन्दा ठूलो सोच्न थाले उपसभापति निधि !

  • मिडिया डबली
  • आइतवार, भाद्र २७ २०७८

  • 7.0K
    SHARES

  • आफूलाई सभापति देउवाभन्दा ठूलो सोच्न थाले उपसभापति निधि !

    काठमाडौं - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उपसभापति विमलेन्द्र निधिबीच सामान्य संवाद पनि हुन छाडेको छ ।

    लामो समय एउटै समूहमा रहेर राजनीति गर्दै आएका देउवा र निधिबीच आगामी १४औं महाधिवेशनमा नेतृत्वको विषयलाई लिएर तिक्तता उत्कर्षमा पुगेको हो ।

    निधिले आफूलाई सभापतिमा सहयोग गर्न देउवालाई प्रस्ताव गरेका थिए । तर, देउवाले त्यसमा असन्तुष्टि जनाएका छन् । उनी पुनः एक कार्यकाल सभापतिमा दोहोरिन चाहन्छन् ।

    अहिलेसम्म सभापतिमा दोहोरिन चाहेको उनले औपचारिक घोषणा गरेका भने छैनन् । तर, भित्रभित्रै तयारी तीव्र बढाइएको छ । निधिले भने सम्पर्क कार्यालय खोलेर महाधिवेशन केन्द्रित तयारी थालेका छन् । 
    जब निधिले सभापतिमा उठ्ने औपचारिक घोषणा गरे, त्यसयता उनका लागि बुढानिलकण्ठको गेट बन्द भएको छ ।

    स्रोतका अनुसार निधि र सभापति देउवाबीच पार्टी महाधिवेशनका विषयमा छलफल नै हुन छाडेको छ । देउवा प्रधानमन्त्री भएपछि बालुवाटारमा बस्छन् । पार्टीको बैठक बुढानिलकण्ठमा बस्छ । ‘उहाँले सभापतिमा उठ्ने घोषणा गरेपछि अहिलेसम्म पार्टीको विषयमा कुरा गर्न बालुवाटारमा आउनु भएको छैन । किन नआउनु भएको हो थाहा छैन,’ देउवा निकट एक नेताले भने ।

    देउवालाई सजिलोभन्दा पनि कसरी अप्ठेरा बनाउने भन्नेमा निधिको ध्यान केन्द्रित भएको छ । उनले देउवाको गृहजिल्ला डडेल्धुरामा वडा तहको अधिवेशन विवादमा कर्णबहादुर मल्ललाई उचालेर समस्या झन् झन् पेचिलो बनाएको बुढानिलकण्ठको बुझाई छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, आषाढ २१ २०७७०६:५१:४५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend