काठमाडौं - एमाले नेता सूर्य थापाले पार्टीबाट निर्वाचित तर अहिले नेकपा (एकीकृत समाजवादी) रोजेका सांसदलाई भेडाच्यांग्राको संज्ञा दिएका छन् ।
पार्टी विभाजनले एमालेमा एकपछि अर्को पहिरो जान थालेपछि आत्तिएका थापाले माधव नेपाल नेतृत्वको समाजवादी पार्टीमा सनाखत गरेका आफ्नै सांसदलाई भेडाच्यांग्राको संज्ञा दिएका हुन् ।
थापा केपी ओली प्रधानमन्त्री हुँदा उनका प्रेस सल्लाहकार थिए । कतिसम्म भने उनले एमाले र सूर्य तिन्हबाट चुनाव जितेर पार्टी विभाजनमा लागेका सांसदलाई बिक्री भएको, कांग्रेस सभापति शेरबहादुर देउवाले नगदमा किनेको तथा प्रदेश र संघीय सांसदलाई भेडाच्यांग्रा भनेका छन् ।
थापाले सोमबार बिहान सामाजिक सञ्जालमार्फत यस्तो आपत्तिजनक गालीगलौज गरेका हुन् । ‘नेकपा एमाले र सूर्य चिन्हबाट चुनाव जितेर पार्टी विभाजनको पक्षमा बिक्री भएका ६ प्रदेशसभा र संघीय संसदका भेंडाच्याङ्ग्रा सदस्यहरूको संख्या ः प्रदेश १–१०, बागमती १२, सुदूरपश्चिम १३, प्रदेश २–१३, लुम्बिनी १, कर्णाली ३, गण्डकी ०, संघीय संसद २९ जम्मा–८१ जना । हरेक निर्वाचन क्षेत्रमा देउवाबाट कति नगदनारायण बुझेर पार्टीलाई घात गरेको ? मतदाताहरूले प्रश्न सोधौ र जवाफ खोजौं । सबैको नाम भरेर मतदातामा सम्प्रेषण गरौं,’ थापाले लेखेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।