अमेरिका - संयुक्त राज्य अमेरिकाको योथा नेशनल गार्डले नेपाललाई ठूलो मानवीय सहायता प्रदान गरेको छ । मानवीय संकट र कोरोना महामारीविरुद्धको लडाइँका लागि अमेरिकाको योथा नेशनल गार्डले सहयोग गरेको हो ।
संयुक्त राज्य अमेरिकाको योथा एयर नेशनल गार्डको १५१ औं एयर रिफ्युलिङ विङले अमेरिकी ट्रान्सपोर्टेसन कमाण्डको डोनेसनका लागि डेन्टोन कार्यक्रमको सहयातामा अगस्त ३१ मा नेपाललाई मानवीय जीवन जोगाउने उपकरणहरु र अन्य मानवीय सहायता प्रदान गरेको काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ ।
नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरीले महामारीको सुरुवातदेखि नै अमेरिकाले नेपाललाई सहयोग गर्दै आएको बताएका छन् । उनले हरेक संकट र महामारीको समयमा अमेरिका नेपालको साथमा उभिएकोसमेत बताएका छन् ।
कोरोना महामारीविरुद्धको युद्धमा नेपाललाई विभिन्न उपकरण र खोपको सहायता प्रदान गर्नुले पनि अमेरिका हरेक समस्याको समयमा समाधान गर्नका लागि नेपालको साथमा रहेका प्रमाण भएको उनले बताएका छन् ।
योथा नेशनल गार्ड अमेरिकी सैन्यको दुई शाखाको स्वरुपमा रहेको छ । राष्ट्रिय वायु सुरक्षा र राष्ट्रिय सैन्य सुरक्षा गार्डको रुपमा रहेको छ । यसले अमेरिकी समुदाय र विभिन्न मुुलुकहरुसँगको सम्बन्धलाई विस्तार गर्न काम गरिरहेको छ ।
करिब सात हजार ५०० वायुसेना र सैन्य सुरक्षाका सदस्यहरु रहेको योथामा स्थानीयस्तरमा रहेर काम गर्ने व्यक्तिहरुलाई समावेश गरिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।