सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

अफगान युद्धको वास्तविक विजेता को ? 

अफगान युद्धको वास्तविक विजेता को ? 

  • मिडिया डबली
  • बिहिवार, भाद्र १७ २०७८

  • 4.0K
    SHARES

  • अफगान युद्धको वास्तविक विजेता को ? 

    काबुल - तालिबानी समूहले अफगानिस्तानको राजधानी काबुलमा नियन्त्रण कायम गरिसकेपछि पाकिस्तानको राजधानी इस्लामावादमा रहेको एक मस्जिदमा झण्डा फहराइयो । झण्डा फहराउनुको वास्तविक अर्थ अफगानिस्तानमा भएको अमेरिकी पराजयको खुसीयाली मनाउनु रहेको न्युयोर्क टाइम्सले जनाएको छ । 

    यससँगै करिब २० वर्ष लामो अफगान युद्धको विजयको उद्घोष गर्नु पनि रहेको उल्लेख गरिएको छ । अलकायदा र तालिबानीविरुद्धको युद्धमा अमेरिकाको साझेदार बनेको पाकिस्तानले तालिबानको जितमा खुसीयाली मनाएको हो । पछिल्लो दुई दशकको अवधिमा पाकिस्तानलाई संयुक्त राज्य अमेरिकाले दश बिलियन डलर बराबरको आर्थिक सहायता गरेको छ । 

    अमेरिकाले आतंकवाद नियन्त्रणमा सघाउ होस् भन्नका लागि पाकिस्तानी सेनालाई सहयोग गरेको भए पनि उक्त रकम भने तालिबानी लडाकूको भरणपोषणमा खर्च भएको पाइएको छ । अमेरिकाका लागि उक्त रकम बालुवामा पानी खनाएजस्तै बनेको छ । 

    अमेरिकाका सन् २००१ को सेप्टेम्बर ११ मा अमेरिकामा भएको आक्रमणपछि तालिबानी समूहलाई परास्त गर्नका लागि अफगानिस्तानमा अमेरिकी सेना अवतरण गरेको थियो । तर, सन् २०२० को फेब्रुअरीमा भएका बृहत शान्ति सम्झौत अनुसार अमेरिकी सेना फिर्ता हुन थालेसँगै उक्त सम्झौता उल्लंघ गर्दै तालिबानी समूहले आक्रमण तीव्र बनाएको थियो । 

    तालिबानी समूहलाई पाकिस्तानको गुप्तचर संस्था आईएसआईले सहयोग गरिरहेको थियो । तालिबानी समूहलाई लडाकूलगायतको आर्थिक सहयाता पाकिस्तानको आईएसआईले गरिरहेको थियो । यससँगै पाकिस्तानमा तालिबानी सेनालाई आश्रय दिइएको छ । 

    सीआईएका पूर्व प्रमुख रोबर्ट ग्रेनियरले पाकिस्तान र आईएसआईले अफगानिस्तानमा आफ्नो जित भएको दाबी गरिरहेको बताएका छन् । तर, उनले तालिबानी समूह अफगानिस्तानमा बलियो हुँदै गएको अवस्थामा पाकिस्तानलाई ठूलो क्षति हुने चेतावनी दिएका छन् । 

    पश्चिमा मुलुकमा आफ्नो छवि गुमाएको पाकिस्तानले तालिबानलाई साथ दिएर थप धक्का लागेको छ । यस अर्थमा पाकिस्तानले ठूलो कुरा गुमाएको छ । पाकिस्तानले अवको केही वर्षहरुमा जिहादीको लागुऔषध व्यापारको सामना गर्नुपर्नेछ । यससँगै विदेशी सहायतामा प्रतिबन्ध लागेपछि पाकिस्तानले ठूलो मूल्य चुकाउनुपर्ने हुन्छ । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, भाद्र १७ २०७८०२:०१:२९

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend