आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

बागमतीमा कांग्रेसले कम्मर कस्यो, ईन्द्र बानियाँ मुख्यमन्त्री बन्ने सम्भावना

बागमतीमा कांग्रेसले कम्मर कस्यो, ईन्द्र बानियाँ मुख्यमन्त्री बन्ने सम्भावना

  • मिडिया डबली
  • मंगलवार, भाद्र १५ २०७८

  • 11.4K
    SHARES

  • बागमतीमा कांग्रेसले कम्मर कस्यो, ईन्द्र बानियाँ मुख्यमन्त्री बन्ने सम्भावना

    काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेस बागमती प्रदेशको राजनीतिमा अग्रसर भएको छ ।

    कांग्रेसले प्रदेशको सरकार फेर्न कम्मर कस्दै मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको राजीनामा माग गरेको छ । मुख्यमन्त्री शाक्यले प्रदेश सभामा बहुमत गुमाएपछि विपक्षी दल कांग्रेसले राजीनामा मागेको छ ।

    नेकपा एमालेका १२ जना सांसदले नेकपा एकीकृत समाजवादी पार्टी रोजेपछि मुख्यमन्त्री शाक्य अल्पमतमा परेकी छन् ।

    नेपाली कांग्रेस संसदीय दलका नेता ईन्द्र बानियाँले बहुमत गुमेपछि नैतिकताको आधारमा मुख्यमन्त्री शाक्यले राजीनामा दिनुपर्ने बताएका छन् । 

    प्रदेश सभामा बहुमत गुमेपछि शाक्यले १ महिना भित्रमा विश्वासको मत लिनुपर्ने प्रावधान छ । बागमतीमा बहुमतका लागि ५५ सांसदको समर्थन आवश्यक छ भने शाक्यको पक्षमा ४४ एमाले सांसदको समर्थन छ ।

    मुख्यमन्त्री शाक्य अल्पमतमा परेपछि अब बागमतीमा नयाँ सत्तँ गठबन्धन बन्ने भएको छ । नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी सम्मिलित सरकार बन्ने देखिएको छ । कांग्रेसका ईन्द्र बानियाँ, माओवादी केन्द्रका शालिकराम जम्मरकट्टेल र एकीकृत समाजवादीका राजेन्द्र पाण्डेमध्ये १ जना मुख्यमन्त्री बन्ने सम्भावना देखिएको छ । 

    एमाले छाडेर सांसदहरू राजेन्द्र पाण्डे, मुनु सिग्देल, बसुन्धरा हुमागाईं, लक्ष्मण लम्साल, राजेन्द्रमान श्रेष्ठ, पार्वती सिलवाल, ईन्द्रमाया गुरुङ, माधव पौडेल, बसन्त मानन्धर, रमा आले मगर, कुसुमकुमार कार्की र कृष्णप्रसाद शर्मा एकीकृत समाजवादी पार्टीमा लागेका छन् । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend