सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

कमला ह्यारिसद्वारा चिनियाँ दुव्र्यवहारविरुद्ध भियतनामलाई अमेरिकासँग सहकार्य गर्न आग्रह

कमला ह्यारिसद्वारा चिनियाँ दुव्र्यवहारविरुद्ध भियतनामलाई अमेरिकासँग सहकार्य गर्न आग्रह

  • मिडिया डबली
  • मंगलवार, भाद्र १५ २०७८

  • 5.5K
    SHARES

  • कमला ह्यारिसद्वारा चिनियाँ दुव्र्यवहारविरुद्ध भियतनामलाई अमेरिकासँग सहकार्य गर्न आग्रह

    सिंगापुर - अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले दक्षिण चीन सागरमा चीनको दुव्र्यवहार र गलतलाई चुनौती दिन भियतनामलाई अमेरिकासँग सहकार्य गर्न आह्वान गरेकी छन् । दक्षिणपूर्वी एसियाको भ्रमणको क्रममा बेइजिङविरुद्ध उनले कडा टिप्पणी गरेकी छन् ।

    उनले चीनको दुव्र्यवहार र अराजक गतिविधिविरुद्ध दबाब बढाउनका लागि अमेरिका सहयोग गर्न तयार रहेको उनले बताएकी छन् । संयुक्त राष्ट्र संघको कानुनको समुद्री कानूनको पालना गर्नको लागि चीनको धम्की र अत्यधिक समुद्री दाबीलाई चुनौती दिनका लागि अमेरिकी सहयोग उनले उनले बताएकी हुन् । 

    भियतनामी राष्ट्रपति गुयेन जुआन फुकसंगको द्विपक्षीय बैठकका क्रममा उनले दक्षिण चीन सागरमा चीनको जबरजस्ती र धम्कीपूर्ण व्यवहारलाई रोक्न आवश्यक भएको बताएकी हुन् । 

    अमेरिकाले दक्षिण चीन सागरमा आफ्नो सुरक्षा चासोको रक्षा गर्नको लागी देशलाई एक अतिरिक्त अमेरिकी कोस्ट गार्ड पठाउनेसमेत उनले बताएकी छन् । 

    उपराष्ट्रपति ह्यारिसले चीनतर्फ संकेत गदै इन्डोप्यासेफिक रणनीतिक कुनै एक मुलुकविरुद्ध लक्षित नरहेको बताएकी छन् । चीनले सो रणनीति आफूविरुद्ध रहेको बताइरहेको बेला उनको सो अभिव्यक्ति आएको छ ।

    एसिया प्रशान्त क्षेत्रको पहिलो भ्रमणका क्रममा सोमबार सिंगापुर पुगेकी ह्यारिसले इन्डोप्यासेफिक रणनीति कुनै एक मुलुक छनौट गर्नका लागि लक्षित नभएको उल्लेख गरिन् ।

    विशेषत यस क्षेत्रका मुलुकले अमेरिका वा चीनमध्ये एक रोज्नुपर्ने बाध्यता आइपरेको भनी बहस भइरहेको समयमा अमेरिकी उच्च नेतृत्वबाट यस्तो अभिव्यक्ति आएको हो । सिंगापुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले इन्डोप्यासेफिक क्षेत्र आफूहरुको लागि निकै महत्वपूर्ण क्षेत्र भएको समेत बताइन् ।

    ‘हाम्रो मुलुकको सुरक्षा र समृद्धिको लागि निकै महत्वपूर्ण छ । हाम्रा महत्वपूर्ण साझेदार र मित्रहरु यस क्षेत्रमा छन्’ ह्यारिसले भनिन्,’यस क्षेत्रको स्थायित्व र शान्तिको लागि हामीले स्पष्ट भिजन अगाडी सारेका छौ ।’

    उनले यो क्षेत्रमा मानव अधिकारको रक्षाको लागि काम गरिरहेको समेत उल्लेख गरेकी छन् । एसिया क्षेत्रमा अमेरिकाको भिजनलाई अझ जोडतोडका साथ उठाउन आफू सिंगापुरको भ्रमणमा आएको समेत उनले बताइन् । अमेरिकाले खुला र स्वतन्त्र इन्डोप्यासेफिकको पक्षमा आफूहरु उभिएको र यसले अमेरिका र क्षेत्र क्षेत्रमा मुलुकहरुको चासो सम्बोधन गर्ने बताइन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, भाद्र १५ २०७८०२:०३:१३
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend