पेशावर - अफगानिस्तानमा तालिबानी समूहले सत्ता कब्जा गरेपछि पाकिस्तान खुसी भयो । तालिबानी समूहको समर्थन गर्दै पाकिस्तानी प्रधानमन्त्री इमरान खानले अफगानीहरु दासत्वको दाम्लोबाट मुक्त भएको प्रतिक्रिया दिए ।
तर, वास्तवमा तालिबानी समूहको सत्ता कब्जापछि अफगानी नागरिकहरु थप प्रताडित बनेका छन् । तालिबानी समूहले महिलाहरुलाई इस्लामिक कानुन अन्तर्गत थप सम्मानित बनाउने बताइरहे पनि विज्ञहरुले भने तालिबानी समूहले कुनै गलत कदम उठाए त्यसको जिम्मेवार पाकिस्तान हुने बताएका छन् ।
उनीहरुले अफगानिस्तान द्वन्द्वको अर्को चरण पाकिस्तानको अस्थिरता हुने बताएका छन् । पश्चिमा मुलुकको समर्थनमा राष्ट्रपति असरफ घानीले मुलुक छोडेपछि तालिबानी समूहले सत्ता कब्जा गरेको घोषणा गरेका थिए ।
एफएम साकिलले एसिया टाइम्समा लेखेको एक लेख अनुसार काबुलमा व्यवस्थापन भएको देखिएको मैलाले पाकिस्तानमा फेरि द्वन्द्वको सुरुवात हुने बताएका छन् ।
पाकिस्तानको शक्तिशाली जासुसी संस्था आईएसआईलाई तालिबानी समूहलाई गरेको रणनीतिक सहयोगप्रति विश्लेषक तथा निगरानीकर्ताहरुले आलोचना गरेका छन् । असरफ घानीलाई देश निकाला गर्ने र काबुलमा कब्जा गर्ने षड्यन्त्रमा आईएसआईको ठूलो हात रहेको बताइएको छ ।
देश छोडेपछि उज्बेकिस्तान पुगेको घानीले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले करिब १० हजार जिहादीहरु पाकिस्तानबाट अफगानिस्तान प्रवेश गरेको बताएका छन् ।
अफगानी सुरक्षा फौजलाई परास्त गर्न पाकिस्तानबाट जिहादीहरु आएको बताएका हुन् । तर, पाकिस्तान सरकारले भने उक्त आरोपमा सत्यता नभएको भन्दै खण्डन गरेको छ ।
पाकिस्तानमा तालिबानी नेताहरु तथा लडाकूहरु स्वतन्त्रपूर्वक घुमीरहेको भन्ने रिपोर्ट सार्वजनिक भएपछि भने कुनै पनि पक्षबाट यसको खण्डन आएको छैन । यसको अर्थ तालिबानी समूहलाई लामो समयदेखि पाकिस्तान सरकारले नै संरक्षण गरेको प्रष्ट हुन्छ ।
पाकिस्तानी गृहमन्त्री शेख रासिद अहमेदले तालिबानी लडाकूका परिवारका सदस्यहरुलाई पाकिस्तानी सहरमा पूर्ण सुरक्षा प्रदान गरिएको घोषणा गरेका थिए । हाल पाकिस्तान कूटनीतिक दबाबमा परेको छ ।
गत साता भएको संयुक्त राष्ट्र संघको सुरक्षा परिषद् बैठकमा पाकिस्तानलाई आफ्नो कुरा राख्नसमेत अस्वीकार गरिएको थियो । यसरी पाकिस्तानलाई सबैतिरबाट तालिबानलाई समर्थन गरेको भन्दै आलोचनासमेत भइरहेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।