आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images
राजनीतिक बिशेष

महन्थ ठाकुरले नयाँ पार्टी गठन गरेपछि तनावमा उपेन्द्र, मन्त्री बनाउन छाडेर कार्यकर्ता जोगाउँदै

महन्थ ठाकुरले नयाँ पार्टी गठन गरेपछि तनावमा उपेन्द्र, मन्त्री बनाउन छाडेर कार्यकर्ता जोगाउँदै

  • मिडिया डबली
  • सोमवार, भाद्र १४ २०७८

  • 6.6K
    SHARES

  • महन्थ ठाकुरले नयाँ पार्टी गठन गरेपछि तनावमा उपेन्द्र, मन्त्री बनाउन छाडेर कार्यकर्ता जोगाउँदै

    काठमाडौं - केही अघिसम्म जसपा अध्यक्ष उपेन्द्र यादवले पार्टी कब्जा गरेर महन्थ ठाकुरलाई घरको न घाटको बनाएका थिए । ठाकुरसँग न पार्टी थियो, न त सांसद पद जोगिने अवस्था नै ।

    सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गरेपछि महन्थलाई ठूलो राहत मिल्यो । उनले तुरुन्तै लोकतान्त्रिक समाजवादी पार्टी गठन गरे । अध्यादेश जारी गरेर पार्टी खोल्ने अवसर मिलाइदिएकोमा महन्थ प्रधानमन्त्री शेरबहादुर देउवासँग निकै खुसी छन् ।

    सोही कारण वर्तमान सरकारमा लोसपा पनि सामेल हुने गृहकार्य भइरहेको छ । तर, सबैभन्दा तनावमा अहिले उपेन्द्र यादव परेका छन् । महन्थ ठाकुरले नयाँ पार्टी खोलेपछि आफ्ना कार्यकर्ता जोगाउनै उनलाई धौ धौ परेको छ ।

    सोही कारण अहिले उपेन्द्र संघीय सरकारमा मन्त्री छनोट गर्न छाडेर जिल्ला जिल्ला दौडिएका छन् । एकातिर जसपामै बाबुराम भट्टराई पक्षले उपेन्द्रलाई असहयोग गरिरहेको अवस्था छ । अर्कोतिर महन्थ र राजेन्द्र महतोले आफ्ना कार्यकर्ता चोर्ने डर उनमा छ ।

    निर्वाचन आयोगले जसपा र एमालेका जनप्रतिनिधिलाई दल छान्न २२ दिनसम्मको समयसीमा तोकेपछि त्यसबेलासम्म कसरी आफ्ना कार्यकर्ता जोगाउने भन्ने चिन्ता उपेन्द्रमा देखिएको छ ।

    त्यही भएर अहिले उनी अधिकांश समय काठमाडौं बाहिरै रहने गरेका छन् । गठबन्धनको बैठकमा समेत उपस्थित हुन छाडेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, पौष २० २०७७०५:४३:५२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend