आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

माधव नेपालको पार्टीबाट को–को बन्दैछन् मन्त्री ? यी हुन् नामहरू

माधव नेपालको पार्टीबाट को–को बन्दैछन् मन्त्री ? यी हुन् नामहरू

  • मिडिया डबली
  • शुक्रवार, भाद्र ११ २०७८

  • 8.7K
    SHARES

  • माधव नेपालको पार्टीबाट को–को बन्दैछन् मन्त्री ? यी हुन् नामहरू

    काठमाडौं – नेकपा एमालेबाट विभाजित भई बनेको अध्यक्ष माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वमा सहभागी हुने निर्णय गरेको छ ।

    नेकपा एमालेमा हुँदा नै प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएको नेपाल पक्षले नयाँ पार्टी बनेसँगै सरकारमा सहभागी हुने निर्णय गरेको हो ।

    शुक्रबार समाजवादीमा आएका साविक एमालेका ५ जना स्थायी कमिटी सदस्यको स्थायी कमिटी बैठकमै सरकारमा जाने निर्णय गरेको छ । समाजवादी पार्टीसँग प्रतिनिधि सभाका २३ जना सांसद रहेका छन् ।

    अध्यक्ष नेपाल नेतृत्वको पार्टीले उपसभामुखसहित ६ वटा मन्त्री पाउने करीब निश्चित भएको छ । उपसभामुख पदमा सरला यादव र कल्याणीकुमारी खड्कामध्ये एक सांसदलाई पठाउने तयारी अध्यक्ष नेपालले गरेका स्रोतले जनाएको छ ।

    मन्त्री बन्नेहरूको सूची समेत लगभग तयार अवस्थामा राखिएको जनाइएको छ । स्रोतका अनुसार नयाँ पार्टी गठनमा महत्त्वपूर्ण भूमिका खेलेका सांसद विरोध खतिवडा, प्रेम आले, रामकुमारी झाँक्री, किसानकुमार श्रेष्ठ, मेटमणि चौधरी मन्त्री बन्ने सम्भावना रहेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, कार्तिक २१ २०७७०७:२२:३८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend