काठमाडौं – नेकपा एमालेबाट विभाजित भई नयाँ दल नेकपा एकीकृत समाजवादी दर्ताका लागि नेता माधवकुमार नेपाल पक्षले निर्वाचन आयोगमा निवेदन दर्ता गराएका थिए ।
बुधबार केन्द्रीय सदस्य र सांसदको सनाखत सकेर बुधबारै दल दर्ताको निर्णय हुने अपेक्षा नेपाल पक्षको थियो । बुधबारै दर्ता प्रमाणपत्र दिने चर्चा समेत थियो ।
तर राति साढे ८ बजिसक्दा समेत निर्वाचन आयोगबाट दल दर्ता भएको निर्णय सार्वजनिक भएको छैन । नेता नेपालहरू दल दर्ताको निर्णयको पर्खाइमा भएपनि रातिसम्म हेरेका हेर्यै भएका छन् ।
बुधबार दिउँसो एकीकृत समाजवादी पार्टी र जनता समाजवादी पार्टी (जसपा) नेपालबाट विभाजित भएको लोकतान्त्रिक समाजवादी पार्टीको सनाखत गरेका निर्वाचन आयोगका पदाधिकारी रातिसम्मै आयोगमै छलफलमा छन् ।
नयाँ दल दर्ताका लागि निवेदन दिएका एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टीका नेताको सनाखत गरेको निर्वाचन आयोगका आयुक्तहरु बुधबार रातिसम्म कार्यालयमै छलफलमा रहेका छन् ।
आयोगका आयुक्तहरु कार्यालयमै रहेर राति साढे ८ बजेसम्म समेत छलफल नै चलिरहेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताएका छन् ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया समेत आयुक्तहरु सनाखत भइसकेका दल दर्ताका निवेदनमाथि छलफल गर्न आयोगमै रहेका छन् ।
बुधबार दिउँसो दुबै दलका तर्फबाट सांसद र केन्द्रीय सदस्यहरुको सनाखत भएको छ ।
नेकपा एमालेबाट विभाजित भई अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा एकीकृत समाजवादी र जसपाबाट विभाजित भई अध्यक्ष महन्थ ठाकुरको नेतृत्वको लोकतान्त्रिक समाजवादी दर्ताका लागि निवेदन परेको थियो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।