आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

माधव नेपालको नयाँ पार्टीमा एमालेका को–को सांसद लागे ? (नामसहित)

माधव नेपालको नयाँ पार्टीमा एमालेका को–को सांसद लागे ? (नामसहित)

  • मिडिया डबली
  • बुधवार, भाद्र ९ २०७८

  • 7.8K
    SHARES

  • माधव नेपालको नयाँ पार्टीमा एमालेका को–को सांसद लागे ? (नामसहित)

    काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबाट छुट्टिएर खुलेको नयाँ दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको पक्षमा २९ जना सांसदले निर्वाचन आयोगमा पुगेर हस्ताक्षर सनाखत गरिदिएका छन् ।

    नेता नेपाल अध्यक्ष रहेको पार्टीका ३३ जना सांसद सनाखतको लागि निर्वाचन आयोग पुगेका भएपनि आयोगले दर्ता निवेदनमा समावेश नामको मात्रै सनाखत गरेको हो ।

    दल दर्ताको लागि निवेदन दिँदा हस्ताक्षर गरेका सांसदलाई मात्रै सनाखत गराउने निर्वाचन आयोगले बताए पछि नेता नेपाल निकट मानिएका सोमप्रसाद पाण्डे, मायादेवी न्यौपाने, कुमारी तुलसा थापा, शारदा भट्टले सनाखत गराउन पाएनन् ।

    वरिष्ठ नेता तथा सांसद झलनाथ खनाल उपचारको क्रममा भारतको नयाँदिल्लीमा रहेका कारण राजदूतावासमार्फत् सनाखत गरेर पठाइएको छ । आयोगले नेता खनालको हस्ताक्षर सनाखत गरेको छ ।

    एमाले छाडेर नेकपा एकीकृत समाजवादीको पक्षमा ३० जना सांसदको हस्ताक्षर सनाखत भएको छ । एमालेका १२१ सांसदको २०% हुन ३१ सांसदको समर्थन चाहिन्छ । सांसदमा नेता नेपालले २०% सांसदको समर्थन जुटाउन सकेनन् ।

    एकीकृत समाजवादी पार्टीले केन्द्रीय सदस्य तर्फबाट २० प्रतिशतभन्दा बढी सदस्य पुर्‍याएकाले दल दर्ता हुने भएको छ ।

    यी हुन् नेपालको पक्षमा लागेका सांसदहरू –

    १. माधवकुमार नेपाल

    २. मुकुन्द न्यौपाने

    ३. कल्याणीकुमारी खड्का

    ४. विरोध खतिवडा

    ५. जीवनराम श्रेष्ठ

    ६. रामकुमारी झाँक्री

    ७. निरादेवी जैरू

    ८. प्रेमबहादुर आले

    ९. मेटमणि चौधरी

    १०. सरला यादव

    ११. भवानी खापुङ

    १२. पुष्पाकुमारी कर्ण कायस्थ

    १३. समिना हुसेन

    १४. कृष्णलाल महर्जन 

    १५. कृष्णकुमार श्रेष्ठ

    १६. कलिला खातुन

    १७. हिराचन्द्र केसी

    १८. धनबहादुर बुढा

    १९. गोपालबहादुर बम

    २०. पार्वतीकुमारी विशुंके

    २१. लक्ष्मी चौधरी

    २२. विना बुढाथोकी

    २३. बेदुराम भुषाल

    २४. शेरबहादुर कुँवर

    २५. ठगेन्द्रप्रसाद पुरी

    २६. उदया शर्मा (पौड्याल)

    २७. सिंगबहादुर विश्वकर्मा

    २८. नन्दा चपाईं

    २९. शान्तिकुमारी अधिकारी जिसी

    ३०. झलनाथ खनाल

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, कार्तिक २१ २०७७०७:२२:३८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend