आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

६९ वर्षको उमेरमा नयाँ पार्टीको अध्यक्ष बन्दै माधव नेपाल

६९ वर्षको उमेरमा नयाँ पार्टीको अध्यक्ष बन्दै माधव नेपाल

  • मिडिया डबली
  • बुधवार, भाद्र ९ २०७८

  • 5.2K
    SHARES

  • ६९ वर्षको उमेरमा नयाँ पार्टीको अध्यक्ष बन्दै माधव नेपाल

    काठमाडौं - माधवकुमार नेपाल आज नयाँ दल दर्ता गर्न निर्वाचन आयोग पुगेका छन् । झन्डै पाँच दशक माले हुँदै एमालेमा जीवन बिताएका नेता नेपाल अहिले ६९ वर्षका भए । यो उमेरमा आएर उनले फेरि शून्यबाट नयाँ पार्टी गठन गरेका हुन् ।

    एकपटक मुलुकको नेतृत्व र १५ वर्ष महासचिवको हैसियतमा एमालेको नेतृत्व सम्हालेका माधव नेपाल आजदेखि औपचारिक रूपमा नेकपा एकीकृत समाजवादी पार्टीको अध्यक्ष बन्ने भएका छन् । एमाले बनाउन हिजो उनलाई साथ दिने झलनाथ खनाल, मुकुन्द न्यौपाने, प्रदीप नेपाल अहिले पनि उनकै साथमा छन् । 

    एकीकृत समाजवादी पार्टी चलाउन नेपाललाई तेस्रो पुस्ताका रामकुमारी झाँक्री, विजय पौडेल, राजेन्द्र राईलगायतको दह्रो साथ र सहयोग रहँदै आएको छ । यिनै नेताहरूको बलमा नेपालले अब एकीकृत समाजवादी पार्टीको रथ हाँक्ने छन् ।

    हिजोसम्म उनलाई साथ र सहयोग गर्ने अमृतकुमार बोहरा, अष्टलक्ष्मी शाक्य, भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, योगेश भट्टराई, युवराज ज्ञवाली, रघुजी पन्त, भीम आचार्य, गोकर्ण विष्ट एमालेमै फर्केका छन् । खासगरी बाहुनवादी नेता माधव नेपालको साथ छाडेर ओलीतिर लागेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, कार्तिक २१ २०७७०७:२२:३८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend