आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

माधव नेपाल विनाको एमाले बैठकले गर्‍यो यी निर्णय 

माधव नेपाल विनाको एमाले बैठकले गर्‍यो यी निर्णय 

  • मिडिया डबली
  • मंगलवार, भाद्र ८ २०७८

  • 3.9K
    SHARES

  • माधव नेपाल विनाको एमाले बैठकले गर्‍यो यी निर्णय 
    फाइल तस्वीर

    काठमाडौं – नेकपा एमाले विभाजन भएर नेता माधवकुमार नेपाल छुट्टै हिँडेपछि अब पार्टी महाधिवेशन केन्द्रित भएको छ ।

    अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा तटस्थ रहँदै आएका स्थायी कमिटी सदस्यसहितको स्थायी कमिटी बैठकले वडादेखि केन्द्रसम्मका अधिवेशनको मिति तोकेको छ ।

    ओली नेतृत्वको एमालेमा वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल, बामदेव गौतम सहभागी छैनन् । 

    एमाले विभाजित गरेर नेता नेपाल पक्षले नयाँ पार्टी नेकपा एकीकृत समाजवादी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् । तर उनीपक्षीय नेताहरूले नै उनलाई साथ दिएनन् ।

    बैठकले विभाजनको प्रक्रियाबाट फर्केर पार्टीमा क्रियाशील हुन नेता नेपालसहित सबैलाई आग्रह गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

    बैठकले पार्टीका सबै संरचनाहरूलाई मूलभूत रूपमा २०७५ जेठ २ गतेअघि फर्काएको छ तर नेकपा एकताबाट एमालेमा निरन्तरता दिएका पूर्व माओवादी नेता कार्यकर्ताको हकमा यथावत जिम्मेवारी रहेको जनाइएको छ ।

    पार्टीमा १० बुँदे सहमति कार्यान्वयनका सन्दर्भमा देखापर्ने समस्या समाधान गर्न महासचिव ईश्वर पोखरेल सहितको ७ सदस्यीय कार्यदल गठन गरिएको छ भने माधव पक्ष छाडेका केन्द्रीय सदस्य सहितको पहिलो बैठक भदौ १० गते बस्ने जनाइएको छ ।

    पार्टीको विधान महाधिवेशन असोज ४, ५ र ६ गते हुने भएको छ । कात्तिक ६ गते देशभरका वडा अधिवेशनको मिति तय भएको छ भने कात्तिक ९ गते स्थानीय तहका अधिवेशन हुने भएका छन् ।

    एमालेको दशौं राष्ट्रिय महाधिवेशन मंसिर १०–१३ गतेसम्म आयोजना हुने भएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, कार्तिक २१ २०७७०७:२२:३८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend