ल्हासा - तिब्बतका राजधानी ल्हासामा बनिरहेका गगनचुम्बी भवनले तिब्बतमा विभाजन सिर्जना गर्नुका साथै उक्त भवनहरुको निमार्णका चर्को आलोचनासमेत भइरहेको छ । एक निर्माण बूमको रूपमा राज्यमा कामदार वर्ग र धनी वर्गबीचको विभाजनलाई थप स्पष्ट पारेको छ ।
तिब्बतमा एक विशाल पूर्वाधार र बिल्डिंग ड्राइभले एयरपोर्ट, सडक, रेलवे र नयाँ फ्ल्याटको अवधाराणा ल्याएको छ । बेइजिङले दुर्गम पहाडी पठारमा जीवन सुधार गर्ने उद्देश्यले गगनचुम्बी भवनहरु बनाउन खोजे पनि त्यहाँ गरिबहरुलाई कुनै स्थान नभएको भन्दै आलोचना हुन थालेको हो ।
यस तीब्रताले ऐतिहासिक बौद्ध सहरलाई पनि परिवर्तन गर्दैछ र सम्पत्तीको मूल्यलाई धेरै बासिन्दाहरुको पहुँचबाट बाहिर धकेलिँदै छ । तिब्बतीहरुले चिनियाँ नियन्त्रणमा रहेको असन्तुष्टिका लागि प्रख्यात क्षेत्रमा विभाजनलाई तिखार्दै लगेको पाइन्छ ।
निर्वासित दलाई लामाको भूतपूर्व घर पोटाला दरबारबाट अलि टाढा ठूलाठूला भवनहरु बन्न लागेका हुन् । निर्माणकर्ताहरुले चिनियाँ विकासको कन्ट्री गार्डेन मोडल भनेर ब्याख्या गरिरहेको छन् ।
अग्ला टावरहरुको निमार्णले तिब्बतको संस्कृतिमा नै आँच आउने भन्दै उक्त भवनहरुको निमार्णको विरोध भइरहेको छ । तिब्बती औसत आय अझै पनी देशको सबैभन्दा कम रहेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।