आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

अब महन्थ ठाकुर खुलेरै प्रधानमन्त्री देउवाको समर्थनमा

अब महन्थ ठाकुर खुलेरै प्रधानमन्त्री देउवाको समर्थनमा

  • मिडिया डबली
  • मंगलवार, भाद्र ८ २०७८

  • 9.5K
    SHARES

  • अब महन्थ ठाकुर खुलेरै प्रधानमन्त्री देउवाको समर्थनमा

    काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएपछि प्रधानमन्त्रीसँग खुशी भएका लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, राजेन्द्र महतो, शरतसिंह भण्डारी लगायतका नेताहरुले सोमवार प्रधानमन्त्रीलाई भेटेर सरकारलाई आफ्नो सहयोग र समर्थन रहने प्रतिबद्धता जनाएका छन् ।

    लोसपाका नेताहरु सरकारमा जान समेत इच्छुक देखिएका छन् । यद्यपि सोमवार भएको प्रधानमन्त्रीसँगको भेटमा सरकारमा जानेबारे ठोस छलफल नभएको लोसपाका नेताहरुले जनाएका छन् ।

    टीकापुर घटना भएको संस्मरणमा आफूहरुले प्रधानमन्त्रीलाई भेटेको भेटमा सहभागी शरतसिंह भण्डारीले बताए । ‘आजकै दिनमा टीकापुर घटना भएको थियो । सो घटनाको आरोपमा अहिले पनि रेशम जेलमा छन्,’ उनले भने, ‘सबैले रेशम चौधरी निर्दोष छन् भन्ने तर रिहा गर्दैनन् । यसैबारेमा ध्यानाकर्षण गराउन प्रधानमन्त्रीलाई भेटेका हौं ।’

    चौधरीको रिहाइको विषयमा प्रधानमन्त्रीले सकारात्मक जवाफ दिएको भेटमा सहभागी अर्का नेता उमाशंकर अरगरियाले भने । ‘यो विषय अहिले अदालतको प्रक्रियामा छ । अदालतको निर्णय हेरांै । त्यसपछि के पर्छ वा मन्त्रिपरिषद्बाट माफी दिने हो कि यसबारेमा छलफल गरौंला भनी प्रधानमन्त्रीज्यूले भन्नुभयो,’ उनले भनेका छन् ।  

    भेटमा लोसपाले उठाएका माग मुद्दाबारे समेत छलफल भएको सहभागी नेताहरुले जनाएका छन् । जवाफमा प्रधानमन्त्रीले उठाएका माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएको लोसपाका नेताहरुले जनाएका छन् । उनले भने, ‘प्रधानमन्त्रीज्यूलाई हाम्रो अध्यक्षज्यूले तपाईं हाम्रा माग मुद्दा सम्बोधन गर्नुहोस् । तपाईंलाई हाम्रो तर्फबाट साथ सहयोग हुन्छ भनी प्रस्टसँग भन्नुभएको छ ।’

    प्रधानमन्त्रीलाई भेट्न सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्ण समेत बालुवाटार पुगेका थिए ।

    प्रधानमन्त्री देउवाले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएपछि त्यसको फाइदा उठाउँदै ठाकुर, महतो लगायतका नेताहरुले निर्वाचन आयोगमा लोसपा पार्टी दर्ताका लागि निवेदन दिएका छन् । भेटमा अध्यादेश ल्याएको विषयमा आफूहरुले प्रधानमन्त्रीलाई धन्यवाद दिएको भण्डारीले जनाएका छन् ।

    ‘सरकारले अध्यादेश ल्याएर राजनीतिक निकास दिएको छ । यसमा हामीहरु तपाईंसँग आभारी छौं भनी प्रधानमन्त्रीलाई भन्यौं,’ उनले भने ।  

    सरकारलाई अध्यादेश ल्याउन आग्रह गर्दै ठाकुर, महतो लगायतका नेताहरुले अध्यादेश ल्याउनुभन्दा अघिल्लो दिन प्रधानमन्त्रीलाई भेटेका थिए । सरकारले अध्यादेश नल्याएको भए ठाकुर, महतो लगायतका नेताहरु अहिले जनता समाजवादी पार्टीमै रहन्थे । पार्टी फुटाउन कार्यकारिणी समिति र संसदीय दलमा ४० प्रतिशत संख्या उनीहरुसँग पुग्दैनथ्यो ।

    जसपा अध्यक्ष उपेन्द्र यादवले ठाकुर, महतो लगायतका नेताहरूलाई पेल्दै गएका थिए । सुरूमा ठाकुरलाई अध्यक्ष पदबाट हटाए । त्यसपछि ठाकुर र ठाकुरनिकट १६ जना नेताहरुलाई कार्यकारिणी समितिबाट समेत हटाए । त्यसपछि केन्द्रीय समितिबाट हटाए । ठाकुर, महतो लगायतका नेताहरुलाई थाहा नदिई यादवले केन्द्रीय समितिको बैठक बोलाएका थिए ।  

    त्यति हुँदाहुँदै पनि ठाकुर, महतो लगायतका नेताहरु सार्वजनिक रुपमा आफूहरू जसपामै रहेको प्रतिक्रिया दिन्थे । अर्को पार्टी खोल्नेबित्तिकै उनीहरुको सांसद पद जान्थ्यो । त्यसैले अपमान सहेर भए पनि उनीहरु जसपामै बसिरहेका थिए । सरकारले अध्यादेश ल्याएपछि नयाँ पार्टी खोल्न बाटो खुला भएको छ । आजको नागरिक दैनिकमा समाचार प्रकाशित छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, आषाढ २१ २०७७०६:५१:४५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend