अफगानिस्तान - लागूऔषध विरोधी कानून प्रवर्तन एजेन्सीहरुले अफगानिस्तान तालिबानी समूहले नियन्त्रण कायम गरेपछि लागुऔषधको तस्करीमा व्यापक वृद्धि भएको जनाएका छन् । तालिबानी समूहको कब्जासँगै अफगानिस्तानमा हिरोइन र क्रिस्टल मेथाम्फेटामाइनको सीमापार तस्करीमा तीव्र वृद्धि भएको बताएका छन् ।
लागुऔषध तालिबानको लागि राजस्व संकलनको प्रमुख गी राजस्व को एक प्रमुख स्रोत भएको छ । अफगानिस्तानको अर्थव्यवस्थाको पतनसँगै तालिबान आफ्नो कार्यकर्ताहरुमा नियन्त्रण कायम गर्नको लागी लागुऔषधमार्फत पैसा आर्जन गरिरहेको छ ।
तालिबानी समूहले यसअघि पनि लागुऔषधको तस्करी गरेर रकम आर्जन गर्ने र हातहतियार खरिद गर्ने गरेका थिए ।
संयुक्त राष्ट्रसंघको लागुऔषध तथा अपराध कार्यालयको पछिल्लो रिपोर्ट अनुसार अफगानिस्तानले अघिल्लो बर्षको तुलनामा २०२० को अवधिमा अफीमको अवैध खेती गर्ने दरमा ३५ प्रतिशतले वृद्धि भएको छ ।
हेरोइन अफीमबाट निकालेको मोर्फिनको उपयोग गरी बनाइन्छ । यो देशले अघिल्लो वर्ष विश्वको कुल अफिम उत्पादनको ५५ प्रतिशत हिस्सा ओगटेको थियो । वर्षौंदेखि अफगानिस्तानको विशेष इकाईहरुको क्षमतामा सुधार भए पनि लागुऔषध बरामद र गिरफ्तारीले देशको अफीम खेती र उत्पादनमा न्यूनतम असर पारेको छ ।
महामारीले भोकमरीको अवस्था सिर्जना भइसक्दा पनि मानिसहरु अफिम खेतीमा बढी लागेको तथ्यांकले देखाएको छ । अफगानिस्तान पनि मेथाम्फेटामाइनको लागी एक प्रमुख स्रोत बन्ने गरेको छ । छिमेकी मुलुक इरानमा, अफगान मूल मेथाम्फेटामाइनको अनुपात २०१५ मा १० प्रतिशत भन्दा कमबाट २०१९ मा ९० प्रतिशतमा पुगेको छ ।
रिपोर्टमा भनिएको छ कि सन् २००० मा अफीमको अवैध खेती १.२३ लाख हेक्टरमा फैलिएको थियो, जुन २०२० मा २.२४ लाख हेक्टरमा पुग्यो । अफगानिस्तानको दक्षिणपश्चिमी क्षेत्र हेलमान्ड, कान्दाहार, निम्रोज, उरुजगान र जाबुल प्रान्तमा अफीम खेतीको प्रभुत्व जारी छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।