शनिवार, कार्तिक १ २०८३Oct 17 2026

Logo
images images

कम्युनिस्टले बाटो बिराएकाले जनताले कांग्रेसको सरकार खोजे : सहमहामन्त्री डा. महत 

कम्युनिस्टले बाटो बिराएकाले जनताले कांग्रेसको सरकार खोजे : सहमहामन्त्री डा. महत 

  • मिडिया डबली
  • शनिवार, भाद्र ५ २०७८

  • 5.3K
    SHARES

  • कम्युनिस्टले बाटो बिराएकाले जनताले कांग्रेसको सरकार खोजे : सहमहामन्त्री डा. महत 

    काठमाडौं – नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले नेपाली कांग्रेस नेतृत्वको वर्तमान सरकारले जनताको अपेक्षा बमोजिम काम गर्ने बताएका छन् ।

    ज्येष्ठ कांग्रेस संघद्वारा शनिबार आयोजित स्वागत तथा सम्मान कार्यक्रममा उनले भने, ‘यो अरु कसैले भन्ने गरेजस्तो परमादेशबाट नभएर जनमतबाट निर्मित सरकार हो, जनताले चाहेको सरकार भएकाले जनअपेक्षा बमोजिम नै काम गर्नेछ ।’

    सहमहामन्त्री डा. महतले अघिल्लो कम्युनिस्ट सरकारले बाटो नबिराएको भए, चुनावका बेलामा जनतासँग गरेका वाचाअनुसार काम गरेको भए तथा देशमा सुशासन र कानूनी राजको सुनिश्चितता गरेको भए अहिले नै कांग्रेस सत्तामा नआउने बताए ।

    देशमा भ्रष्टाचार र अनियमितता बढेको तथा नागरिक महामारीको मारमा परेका बेला पनि सत्ताका लागि कम्युनिस्ट पार्टीहरूबीच भएका लुछाचुँडीले जनतामा निराशा छाएर सरकारलाई विकल्पका रूपमा रोजेका उनको तर्क थियो । 

    कम्युनिस्टबाट धोका पाएकाले पनि प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले जनताको चाहना बमोजिम काम गर्नुपर्ने उनले बताए । ‘सीमित साधन र स्रोतका बाबजुद पनि यो सरकारले आगामी दिनका चुनौतीहरूलाई सामना गर्दै अघि बढ्ने र जनताका पक्षमा काम गर्नेछ,’ उनले भने ।

    कुनै पनि राजनीतिक दलले आफू सत्तामा पुगेपछि अब कहिल्यै तल ओर्लिन पर्दैन भन्नेजस्ता अहंकार पाल्ने गरेकाले समय–समयमा नेपालको राजनीतिमा दुर्घटना हुने गरेका दृष्टान्त पेश गर्दै यसअघिको सरकारमा पनि त्यस्तै अहंकार देखिएको र जसका कारण नेपाली नागरिकले कम्युनिस्ट सरकारलाई ५ वर्षका लागि दिएको जनादेश ३ वर्षमै दुर्घटनामा परेको उनले बताए ।

    उनले ज्येष्ठ नागरिकहरू देशका अनुभव र प्रेरणाका खानी भएकाले उनीहरूको सुझाव र दिशानिर्देश अनुसार काम गर्दा देशको विकास हुने र समाज पनि समृद्ध बन्ने बताए ।

    ज्येष्ठ नागरिकको सम्मान गर्ने र उनीहरूले देखाएको सही बाटोको अनुशरण गर्ने समाज नै समृद्ध बन्ने उनले बताए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:४८:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend