आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

बाबुरामले पत्नी हिसिला यमीलाई मन्त्री बनाउन खोज्दा तनाव ! सरकारसम्मै धक्का

बाबुरामले पत्नी हिसिला यमीलाई मन्त्री बनाउन खोज्दा तनाव ! सरकारसम्मै धक्का

  • मिडिया डबली
  • शनिवार, भाद्र ५ २०७८

  • 3.4K
    SHARES

  • बाबुरामले पत्नी हिसिला यमीलाई मन्त्री बनाउन खोज्दा तनाव ! सरकारसम्मै धक्का

    काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारमा ढिलाइ गरिरहेको चर्चा सर्वत्र छ । यसका पछाडि जनता समाजवादी पार्टी (जसपा) नेपालभित्रको विवाद प्रमुख रहेको खुलासा भएको छ ।

    जसपाबाट सरकारमा मन्त्री पठाउँदा संघीय परिषद् अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले पत्नी हिसिला यमी वा गंगानारायण श्रेष्ठमध्ये १ जनालाई मन्त्री बनाउन दबाब दिएपछि विवाद देखिएको स्रोतले जनाएको छ ।

    सत्तारुढ गठबन्धनमा रहेका दलहरू नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चाबीच सांसद नभएका व्यक्तिलाई मन्त्री नबनाउने सहमति भएको छ । तर डा. भट्टराईले सांसद नै नभएका यमी वा श्रेष्ठलाई मन्त्री बनाउन दबाब दिएका छन् ।

    नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री देउवाले मन्त्रीको नाम सिफारिस गर्दा सांसदलाई मात्र सिफारिस गर्न र सांसद नभएकाहरूलाई अन्य नियुक्तिमा मिलाउने आश्वासन दिएका छन् । तर बाबुरामले मन्त्री नै बनाउनुपर्ने दबाब दिएपछि तनाव उत्पन्न भएर सरकारसम्मै धक्का लागेको छ ।

    पूर्व प्रधानमन्त्री समेत रहेका डा. भट्टराईको दबाबले अध्यक्ष उपेन्द्र यादव समेत अप्ठ्यारोमा परेका स्रोतले जनाएको छ । प्रधानमन्त्री देउवाले सांसद नभएकालाई मन्त्रीमा सिफारिस नगर्न भनेका छन् भने बाबुरामले हिसिला यमीलाई मन्त्री सिफारिस गर्न उपेन्द्रलाई दबाब दिइरहेका छन् ।

    जसपामा यतिबेला भट्टराई नेतृत्वको नयाँशक्ति र उपेन्द्र नेतृत्वको फोरम गरी २ धार रहेका छन् । नयाँशक्तिबाट बाबुराम एक्लै सांसद भएकाले अरु सहजै मन्त्री बन्नसक्ने देखिँदैन । तर बाबुरामले सांसद नै नभएकी पत्नीलाई मन्त्री बनाउन पार्टीमा दबाब बढाएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, आषाढ २१ २०७७०६:५१:४५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend