आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

माधव नेपालको दल एकीकृत समाजवादी दर्ता अगाडि बढ्यो, अब के–के हुन्छ ?

माधव नेपालको दल एकीकृत समाजवादी दर्ता अगाडि बढ्यो, अब के–के हुन्छ ?

  • मिडिया डबली
  • शनिवार, भाद्र ५ २०७८

  • 4.6K
    SHARES

  • माधव नेपालको दल एकीकृत समाजवादी दर्ता अगाडि बढ्यो, अब के–के हुन्छ ?

    काठमाडौं – नयाँ दल दर्ताका लागि गत बुधवार निर्वाचन आयोगमा निवेदन दिएका नेता माधवकुमार नेपाल र महन्थ ठाकुरले प्रस्तावित दलको नाम नाम परिवर्तन गरेका छन् ।

    ती दुबै पक्षले दर्ताका लागि निर्वाचन आयोगमा प्रस्ताव गरेको नाम अन्य दलसँग मिल्दोजुल्दो भएको भन्दै आयोगले दर्ता गर्न नमानेपछि सो समूहले नयाँ नाम प्रस्ताव गरेको छ ।

    नेपाल समूहका नेता राजेन्द्र पाण्डे र डा. विजय पौडेल सहितको बिहीवारको छलफलका क्रममा आयोगले नयाँ नाम ल्याउन भनेको थियो । सोहीअनुसार पाण्डे र पौडेल लगायतले दलको नयाँ नाम ‘नेकपा एकीकृत समाजवादी’ प्रस्ताव गरेका छन् ।

    ‘उहाँहरुले नयाँ नामसहित दल दर्ताका लागि पुनः पत्र लिएर आउनुभएको छ, आयोगले अब प्रक्रिया अघि बढाउँछ,’ निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले भने ।

    यसअघि नेपाल पक्षले नयाँ दलको नाम नेकपा एमाले समाजवादी राखेको थियो । नयाँ दलमा पहिले ९५ सदस्यीय केन्द्रीय समिति प्रस्ताव गरिएकामा हाल बढाएर ११५ पुर्‍याइएको छ तर निर्वाचन चिह्नबारे भने निर्णय नभइसके पनि ‘कलम’ हुनसक्ने बताइएको छ ।

    यसअघि जसपा लोकतान्त्रिक नाममा दल दर्ता गर्न निर्वाचन आयोगमा पत्र बुझाएको भए पनि आफूहरुले दलको नाम लोकतान्त्रिक समाजवादी पार्टी प्रस्ताव गरेको सो दल प्रस्तावका लागि आयोग पुगेका नेता केशव झाले बताएका छन् ।

    यसअघि प्रस्ताव गरिएको केन्द्रीय कार्यकारिणी समिति समेत २४ बाट बढाएर ३१ पुर्‍याइएको उनले बताए । यसैगरी वरिष्ठ नेतामा यसअघि राजेन्द्र महतोको नाम मात्र प्रस्ताव गरिएकोमा शरतसिंह भण्डारीलाई समेत वरिष्ठ नेताका लागि प्रस्ताव गरिएको उनले बताए ।

    राजनीतिक दल सम्बन्धी ऐन २०७३ मा भएको संशोधनअनुसार निर्वाचन आयोगले बिहीवार नै नियमावलीमा समेत संशोधन गरिसकेको छ । नियमावली संशोधन भएपछि आयोगले दल दर्ताका लागि नयाँ निवेदन मागेको छ ।

    नेकपा एमालेले आफ्नो दलको नामसँग मिल्नेगरी अर्को दल दर्ता नगर्न निर्वाचन आयोगलाई सचेत गराएको छ । एमाले नेताहरु आयोग पुगेरै आफ्नो दलसँग मिल्ने नाम दर्ता नगर्न आयोगलाई भनेका हुन् । 

    माधवकुमार नेपाल पक्षले नेकपा एमाले समाजवादी दल दर्ताका लागि निवेदन दिएपछि मूल एमालेका नेताहरु शुक्रवार ध्यानाकर्षण गराउन आयोग पुगेका थिए ।

    उनीहरुले राजनीतिक दलसम्बन्धी ऐनको दफा ६(१)(ङ) र ९ अनुसार राजनीतिक दलको नाम, झण्डा र चुनाव चिह्न संरक्षण गर्ने जिम्मेवारी आयोगको भएको भन्दै ध्यान दिन भनेका छन् ।

    यसैबीच, निर्वाचन आयोगले नयाँ दल दर्ताका लागि निवेदन दर्ता गरेका माधव नेपाल र महन्थ ठाकुर पक्षलाई भदौ ९ गते सनाखतका लागि आयोगमा बोलाएको छ । यससँगै दल दर्ताको प्रक्रिया शुरू भएको छ ।

    नेपाल नेतृत्वमा नेकपा एकीकृत समाजवादी र ठाकुर नेतृत्वमा लोकतान्त्रिक समाजवादी पार्टी दर्ताका लागि आयोगमा शुक्रवार निवेदन दर्ता भएको थियो ।

    दुबै पक्षले नयाँ दल दर्ताका लागि आयोगमा निवेदन दर्ता गरेपछि आयोगले सोही निवेदनकै आधारमा दलमा तोकिएका पदाधिकारी तथा केन्द्रीय सदस्यलाई कानूनअनुसार सनाखत गर्न भदौ ९ गतेका लागि बोलाएको आयोगले जनाएको छ ।

    सो सम्बन्धमा शुक्रवार निर्वाचन आयोगको पदाधिकारी बैठक बैठक समेत बसेको थियो । ‘नयाँ दल दर्ताका लागि निवेदन दिएका दुबै दललाई भदौ ९ गते सनाखतका लागि बोलाइएको छ, आयोगले दल दर्ताका लागि प्रक्रिया सुरू गर्‍यो,’ आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले भने ।

    प्रवक्ता श्रेष्ठका अनुसार प्रस्तावित दलका नेता र सांसदहरुलाई हस्ताक्षर गर्न ९ गते ११ बजेदेखि २ बजेसम्मको समय आयोगले तोकेको छ । आयोगले सनाखतका लागि आउँदा नागरिकतासहित आउन भनेको छ । आजको राजधानी दैनिकमा समाचार प्रकाशित छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, कार्तिक २१ २०७७०७:२२:३८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend