आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

माधव नेपालको एमाले समाजवादी दर्ता निवेदन अमान्य ! यस्तो बन्यो नयाँ नियम (पूर्णपाठ)

माधव नेपालको एमाले समाजवादी दर्ता निवेदन अमान्य ! यस्तो बन्यो नयाँ नियम (पूर्णपाठ)

  • मिडिया डबली
  • बिहिवार, भाद्र ३ २०७८

  • 8.6K
    SHARES

  • माधव नेपालको एमाले समाजवादी दर्ता निवेदन अमान्य ! यस्तो बन्यो नयाँ नियम (पूर्णपाठ)

    काठमाडौं – नेकपा एमालेबाट विभाजित भई नेकपा एमाले समाजवादी दल दर्ताका लागि अध्यक्ष माधवकुमार नेपालले निर्वाचन आयोगमा दिएको निवेदन अमान्य हुने भएको छ ।

    राजनीतिक दल सम्बन्धी ऐन संशोधनका लागि अध्यादेश जारी भएपनि नियमावली संशोधन नभएका कारण आयोगमा दिएको निवेदन अमान्य भएको हो ।

    आयोगले अध्यादेशका आधारमा नियमावली संशोधन गरेको छ । संशोधित नियमावलीअनुसार एमाले समाजवादीले पुनः निवेदन दिनुपर्ने भएको छ ।

    राष्ट्रपति विद्यादेवीले बुधवार राजनीतिक दलसम्बन्धी ऐन २०७३ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गरेअनुसार आयोगले नियमावली संशोधन गरेको छ ।

    निर्वाचन आयोगले संशोधित नियमावलीलाई बिहीवार साँझ राजपत्रमा प्रकाशित गरेर दल विभाजनको निवेदन दिने बाटो खोलेको छ । यसअघि निवेदन दिने बाटो नै खुलेको थिएन । बाटो नै नखुली माधव नेपाल पक्षले दिएको निवेदन अमान्य भएको हो ।

    एमाले समाजवादीसँगै जसपाबाट विभाजित भएको जसपा लोकतान्त्रिकले पनि पुनः निवेदन दिनुपर्नेछ । नियमावली संशोधन भएकाले अब दल विभाजनका लागि निवेदन दिन सकिने प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले जानकारी दिए । कानूनअनुसार ४५ दिनभित्र विभाजित दललाई दल दर्ताको प्रमाणपत्र दिनुपर्ने व्यवस्था भए पनि यसपालि १० दिनभित्रै सबै प्रक्रिया टुंग्याइने थपलियाले बताए ।

    यसअघि सरकारले केन्द्रीय समिति वा संसदीय दलमा २०% सदस्य पुगेमा दल विभाजन गर्न सकिने अध्यादेश ल्याएको थियो । यसअघि ऐन र नियमावलीमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने कुनै दलको केन्द्रीय समिति र संसदीय दलका कम्तिमा ४० प्रतिशत सदस्यले छुट्टै नयाँ दल बनाउन सकिने व्यवस्था रहेको थियो ।

    अध्यादेशमा स्थानीय तहका जनप्रतिनिधि र प्रदेशसभा सदस्यले २१ दिनभित्र दल रोज्न पाउने प्रावधान अध्यादेशमा रहेको छ । यसअनुसार स्थानीय तहका जनप्रतिनिधिले जिल्ला निर्वाचन कार्यालयमा र प्रदेश तहका जनप्रतिनिधिले प्रदेश निर्वाचन कार्यालयमा स्वयं उपस्थित भएर आफू नयाँ दलमा आवद्ध भएको सनाखत गर्नुपर्ने व्यवस्था नियमावलीमा गरिएको छ ।

    यस्तो छ संशोधित नियमावली –

    undefinedundefinedundefinedundefinedundefined

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, कार्तिक २१ २०७७०७:२२:३८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend