काठमाडौं – पार्टी विभाजन गरेर नेकपा एमाले समाजवादी गठन गरेका अध्यक्ष माधवकुमार नेपाललाई एमालेका स्थायी कमिटी सदस्य शंकर पोखरेलले एमाले विरुद्धको षड्यन्त्रमा लागेको बताउँदै ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन् ।
एमाले पार्टीमा १४ वर्षसम्म कार्यकारी प्रमुख भएका व्यक्तिले नै पार्टीलाई अहिलेको अवस्थामा ल्याएको नेता पोखरेलको आरोप छ ।
बुधबार बुटवलमा नेकपा एमालेले आयोजना गरेको विधान मस्यौदा संशोधन सुझाव तथा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पोखरेलले अध्यक्ष नेपालमाथि प्रहार गरे ।
नेता पोखरेलले पार्टीको एकता कायम गर्न, संविधान जारी गर्न र संविधान सभाको निर्वाचन सफल बनाउने भूमिकामा केपी ओली नै नायक रहेको बताएका छन् ।
अध्यक्ष केपी ओलीलाई विस्थापन गर्न खोज्नु नै दुर्भाग्य भएको बताउँदै नेता पोखरेलले माधव नेपाल समूहलाई आगामी दिनमा भारी पर्ने समेत बताए ।
‘नेकपा रहेकै समयमा प्रचण्ड र नेपालले ओलीलाई असफल पार्न खोजेको र पार्टीमा निषेधको राजनीति सुरू गरेका हुन् । निषेधको राजनीतिकै कारण माओवादी र एमालेबीचमा भएको सहमति टुटेको थियो,’ पोखरेलले भने ।
उनले प्रचण्डको पार्टी सत्ता कब्जा गर्ने षड्यन्त्र असफल भएपछि ओलीमाथि प्रहार गरेको कार्यकर्तालाई बताए । प्रतिनिधिसभा विघठन नेकपा भित्रको अन्तरसंघर्षको कारण नै भएको बताउँदै पोखरेलले पार्टी असफल बनाउने र कब्जा गर्ने षड्यन्त्रलाई विफल बनाउनको लागि योजनाबद्ध रूपमा प्रचण्ड लागेको आरोप लगाएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।