आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

माधव नेपाललाई पहिलो गाँसमै ढुंगा, तेस्रो नम्बरका यी नेताले गरे विद्रोह

माधव नेपाललाई पहिलो गाँसमै ढुंगा, तेस्रो नम्बरका यी नेताले गरे विद्रोह

  • मिडिया डबली
  • बुधवार, भाद्र २ २०७८

  • 5.8K
    SHARES

  • माधव नेपाललाई पहिलो गाँसमै ढुंगा, तेस्रो नम्बरका यी नेताले गरे विद्रोह

    काठमाडौं – नेकपा एमाले विभाजन गरेर नयाँ पार्टी खोलेका एमाले समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई पहिलो गाँसमै ढुंगा लागेको छ ।

    अध्यक्ष नेपाल नेतृत्वको एमाले समाजवादीको केन्द्रीय सदस्य राखिएकोमा नेता प्रदीप नेपालले आपत्ति जनाएका छन् ।

    एमाले समाजवादी पार्टीमा अध्यक्ष नेपाल र वरिष्ठ नेता झलनाथ खनालपछि तेस्रो नम्बरमा प्रदीपको नाम राखिएको थियो ।

    समाजवादी पार्टीका केन्द्रीय सदस्यको सूची सार्वजनिक भएलगत्तै नेता नेपालले आफू एमालेको झगडामा कतै पनि नरहेको भन्दै व्यक्तिगत स्वतन्त्रता कसैको अधिनमा नराख्ने फेसबूकमार्फत स्पष्ट पारेका छन् ।

    अध्यक्ष नेपालको पार्टीका वरिष्ठ केन्द्रीय सदस्य प्रदीपले नै विद्रोह गरेपछि धक्का लागेको छ ।

    एमालेको नवौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य नेपाल नेकपा र हालको एमालेको विवादमा दुबै पक्षमा कतै देखिएका छैनन् ।

    नेता प्रदीपले आफूले एमाले फुटाउन माधव नेपालको पक्षमा हस्ताक्षर नगरेको र पार्टी फुटाउने पक्षमा समेत नरहेकाले अध्यक्ष नेपालले कीर्ते र जालसाजी गरेको आरोप लगाएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, कार्तिक २१ २०७७०७:२२:३८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend